भैरहवा । आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको आय विवरणको अनुसुची १० सम्बन्धी परिपत्रको विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आन्तरिक राजश्व कार्यालय भैरहवा, आन्तरिक राजश्व कार्यालय बुटवल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बुटवलको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
नेपाल चार्टड एकाउन्टेन्टस संस्था बुटवल शाखाको सक्रियातमा भएको कार्यक्रममा बोल्दै अन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराज आचार्यले नयाँ व्यवस्था लगु गर्नु भनेको सुधार हो, सुरुवातमा केही गाह्रो भएपनि प्रयोगमा आएपछि सहज हुने बताए । करदाताहरूलाई कठिनाई र असहजता सृजना नहुने गरी कार्यालयले काम गर्दै आएको बताउदै करको विषयमा साना व्यवसायीसँग सहज भएपनि कर सम्बन्धी सचेतना फैलाउनु पर्ने बताए ।

नेपालको कर व्यवस्था अडिटरके हातले अडिएको छ, करको मेरुदण्ड नै चार्टड एकाउन्टेन्ट रहेको बताउदै हामीले केही सिमति १–२ प्रतिशत मात्रको मात्र आय व्यय विवरण हेर्छौ, अडिटरले दिएको तथ्याङककै आधार नै अन्तिम तिर्नु पर्ने कर रहेको बताए । अहिलेको व्यवस्थाले सबै कुराको समाधान गरेको छैन हुन सक्ने स्भावना र दुर्घटनालाई विभागले सम्बोधन गर्छ भन्ने मा विश्वस्त रह्न प्रमुख आचार्यले सबै कर परामर्श दात तथा सहाभगीलाई आग्रह गरे । करदातालाई कर कार्यालयले जहिले पनि जे विषयमा जानकारी पदन तयार रहेको बताउदै मानवबाट जानेर वा नजानेर मानवीय गल्ती हुन्छ तर सबैले प्रविष्ट गर्नु पर्ने टिसी आफु विश्वस्त भएर गर्न आग्रह गरे ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स बुटवलका अध्यक्ष शिवहरि शर्माले कर विवरण पेश गर्दा तिरेको अग्रिम कर लाई दाबी गर्नका लागि अनुसुचि १० छ, त्यसमा कर विभाग म्यानुअल बाट अहिले स्वचलित बनाएको छ कर तिरेका रसिद, टिडिएसहरु आफै आउने व्यवस्था नै सिस्टमबाट आउने व्यवस्था नै यो परिपत्र हो । सिस्टम आएपछि सुरुमा गा्रहो भएपनि भविष्यमा यसले सहज गराउछ, विगतका वर्षमा बढी दाखिला भएको कर स्वत यस वर्ष मिलान हुनुपर्ने, पुन परीक्षण गर्नुपर्ने कुराले आयकर पेश गर्न ढिलो र समस्या हुने उनले बताए । परिपत्र भएको नेपालमै पहिलो पटक हामीले यसै विषयमा छलफल गरेका छौ ।

अडानका केन्द्रीय सल्लाहकार डिआर शर्माले पहिलाको तुलनामा कर कार्यालय फेसलेस र पेपरलेस मात्र नभई करदाता मैत्री बनेको बताए । कर कार्यालय र कारदाता बीच मित्रता रहेकाले अहिले लागु भएको अनुसुची १० सम्बन्धी परिपत्र अवधारण राम्रो र सुधारको पक्ष रहेको उनले भने ।
नेपाल अडिटर्स एशोसियशनका केन्द्रिय सदस्य नेत्र प्रसाद ज्ञवालीले अघिल्लो वर्षको फुल अडिट र कर चुक्ता लिएका करदाताको विभागबाट अटो जेनेरेट हुनु पर्ने, अन्यको कर अधिकृतबाट छानवीन गर्न व्यवस्था र विभागको आइटी सिस्टममा पनि विस्तार गर्नु पर्ने बताए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय, बुटवलका प्रमुख कर अधिकृत धु्रव प्रसाद पाण्डेले समयमै कर तिनुपर्ने बताए । कार्यक्रममा अडान लुम्बिनी प्रदेशका अध्यक्ष तथा आइक्यान परीक्षा समितिका सदस्य गोविन्द प्रसाद रेग्मीले सरकारी कार्यालय र पालिकाहरुले इटिडिएस नगर्ने गरेको बताए । रेग्मीले आन्तरिक राजश्व कार्यालयले इटिडिएस नभए कर दाखिला भएको नमान्ने अवस्था भएकोले करदातालाई मर्का पर्ने बताए ।

त्यस्तै अडान लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मीले सरकारी कार्यालय पालिकाहरुले एटिडिएस नगर्ने गरेको र आन्तरिक राजश्व कार्यालयले इटिडीएस नभए कर दाखिला भएको नमान्ने अवस्था भएकोले करदातालाई मर्का पर्ने, विगत वर्षमा बढि दाखिला भएको कर स्वत यस वर्ष मिलान हुनु पर्नेमा पुनः परिक्षण गर्नु पर्ने व्यवस्थाले आय विवरण पेश गर्न ढिलो र समस्या हुने बताए ।
कार्यक्रममा अडिटर्स एशोसिएसन केन्द्रीय सदस्य तथा आइक्यान बुटवल शाखा सदस्य नेत्रप्रसाद ज्ञवाली, श्रीधर राज शर्मा, अडान रुपन्देहीका अध्यक्ष नारायणप्रसाद घिमिरे, आइक्यान रुपन्देही अध्यक्ष छवि पोखरेल, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्र आचार्य, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ, उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव अनिल ज्ञवाली, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, तिलोत्तमा चेम्बर अफ कर्मसका अध्यक्ष बाबुराम भुसाल, कर अधिकृत बसन्त अधिकारी, गोपाल गिरी, गेहेन्द्र प्रकाश गिरी, अडान रुपन्देही सचिव रामप्रसाद पौडेल लगायतले जिज्ञासा राखेका थिए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स बुटवलका अध्यक्ष शिवहरि शर्माको अध्यक्षता तथा अडान लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।