भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रुपन्देहीमा जारी निषेधाज्ञा भदौ ३१ गतेसम्मका लागि थपेको छ । मंगलबारे बसेको बैठकले कोभिड–१९को नयाँ भेरियन्टको महामारीको संक्रमणदर कायम रहेको भन्दै संक्रमण फैलिन नदिन जिल्लास्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले भदौ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार संक्रमण रोकथाम, नियन्त्रण, उपचार एवं व्यवस्थापनलाई प्रभावकारी बनाउन २ साता रुपन्देही जिल्ला भर लागु हुने गरी निषेध आदेशलाई निरन्तरता दिएको बताए ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङद्वारा जारी आदेशमा यस अघिका आदेशलाई कार्यान्वयन गर्दै तीज पर्वमा गरिने नाचगान र सांस्कृतिक जमघटलाई पूर्ण निषेध तथा पार्टी प्यालेस र होटलमा दरखाने, नाचगान गर्ने खालका कार्यक्रम पूर्ण रुपमा बन्द गर्ने, स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न आ–आफ्नो घर घरमा तिज विशेष पर्व मनाउने निर्णय भएको छ ।
त्यस्तै विद्यालय संचालनकोे हकमा भौतिक उपस्थिती सम्बन्धमा स्मार्ट लकडाउन कार्यविधी–२०७८ बमोजिम समुलायमा कोभिड १९ संक्रमणको अवस्था, सुचकको तथ्याङकगत विश्लेषण, विद्यालयको अवस्थाबारे अध्ययन गरी १५ दिन भित्र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा निर्णय गरिने बैठकले निर्णय गरेको छ ।
कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि बैशाख १६ गतेबाट जिल्लामा निषेधाज्ञा जारी भएको थियो । संक्रमणदर घट्दै गएपछि असारबाट निषेधाज्ञा क्रमश खुकुलो गर्दै लगिएको छ । अहिले व्यापार व्यवसाय तथा यातायात सबै सुचारु भइसकेका छन् ।
निषेधाज्ञा खुकुलो भएपनि सभा, जुलुस, महोत्सव, पार्टी प्यालेस, सिनेमाहल र हाटबजार संचालननहुने, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, भाष कक्षा, टयुसन लगायतका जमघट हुने गतिविधी संचालन मा निषेध गरिएको छ ।
त्यस्तै २५ जना भन्दा बढी नहुने गरी पूर्व निर्धारित परिक्षा सिफ्टमा स्वास्थ्य मापदण्ड पुरा गरी संचालन गर्न पाउने, सीमानाका बेलहियामा अतिआवश्यक बाहेकका नेपालीहरुको आवतजावतमा कडाई गर्ने, भारत र तेस्रो मुलुकबाट आउनेलाई नाकामै अनिवार्य एन्टिजीन परिक्षण गरी प्रवेश दिने, नोृ मास्क नो मुभमेन्ट अभियान संचालन गरी मास्क बैकको स्थापना गर्ने, बढी जनसम्पर्क हुने कार्यालय, सार्वजनिक बस, सवारीसाधन, बसपार्क, अस्पतालमा जनचेतना अभिमुखिकरणसँगसँगै मास्क वितरण गर्ने, पाल्पा र रुपन्देहीको सिमानामा पर्ने सिद्धबाबामा एन्टिजीन परिक्षण गर्ने, खोप कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय भएको प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
यस्तै जारी निषेध आदेश विपरित क्रियाकलाप संचालन गर्ने गराउनेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही गरिने, आदेशको पूर्ण पालना गर्न प्रशासनले सम्पूर्ण जिल्लावासीमा अनुरोध गरेको जारी सन्देशमा उल्लेख छ ।
विज्ञप्ती

