भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ,रुपन्देही अन्तर्गत रहेका विभिन्न समितिहरु मध्ये आर्थिक बृद्धि तथा श्रोत परिचालन समितको बैठक तथा छलफल सम्पन्न भएको छ ।
समितिका संयोजक तथा कोषाध्यक्ष गोविन्द ज्ञवालीको अध्यक्षता तथा महासचिव बिजय पाण्डेको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो । छलपफलमा आर्थिक वृद्धिको लागि सदस्यता वृद्धि तथा नयाँ दिगो स्रोत लगायत विषयमा समितिका सदस्यहरुले दिएकाे सुझावहरुलाई आगामी दिनमा कार्ययोजना मार्फत अगाडी बढाउने प्रतिवद्धता समितिका संयोजक गोविन्द ज्ञवालीले बताए। ।
त्यसै गरी संघको आईटी तथा प्रविधि विकास उपसमितिको बैठक समितिका संयोजक तथा कार्यसमिति सदस्य प्रमोद रिजालको अध्यक्षता तथा महासचिव विजय पाण्डेको सहजीकरणमा सम्पन्न भएको थयाे । बैठकमा उपसमितिका सदस्यहरुले आईटी क्षेत्रमा रहेका समस्याहरु अवगत गराउँदै संघले समाधानको लागि पहल गर्नुपर्ने बताए ।
यस्तै अटोमोबाइल्स तथा सिप विकास उपसमितिको बैठक समितिका संयोजक कार्यसमिति सदस्य हरि बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । त्यस्तै बैैक, वित्तीय संस्था तथा बीमा उपसमितिको बैठक समितिका संयोजक अभिनव मयुर कसौधनको अध्यक्षतामा सम्पन्न भएको थियाे । संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले छलफलका उठेका विषयवस्तुलाई संघले पहल गर्ने बताए ।