Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सक्षम सहारा बहुउद्देश्यीय महिला समूहद्वारा तिजको अवसरमा शुभकामना आदान प्रदान


  • लुम्बिनी चिन्तन
  • भाद्र १७, २०७८ बिहिवार
  • 2.2K
    SHARES

सक्षम सहारा बहुउद्देश्यीय महिला समूहद्वारा तिजको अवसरमा शुभकामना आदान प्रदान

भैरहवा । सक्षम सहारा बहुउद्देश्यीय महिला समूहले हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  सिद्धार्थनगर ६ किशोरपुरमा अवस्थित संस्थाले कार्यालय परिसरमा शुभकामना आदान प्रदान गरेको हो । 

समाजसेवी तथा दिप ज्याेति सचेतना महिला समूहकी अध्यक्ष शान्ति अधिकारी प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल जनता पार्टी केन्द्रिय महासचिव दिपेन्द्र कुमार चौधरी, किशोरपुर गाँउसमाजका अध्यक्ष पुरनसिंह राना, उपभोक्ता मंच रुपन्देहीका कार्यवाहक अध्यक्ष भगवती भण्डारी लगायतले बोल्दै तिज पर्वलाई मर्यादित बनाउन महिलाहरु नै अग्रसर हुनु पर्ने बताए ।  

collage (10).jpg

आत्मीयता र सद्भावको पर्वको रुपमा रहेको यस पर्वमा विकृतीहरु आउदै गरेकोले यसलाई हटाउदै जानु पर्ने बताए ।  उनीहरुले बहुल संस्कृतिले सम्पन्न भएको नेपाल तिज हिन्दु धर्म मान्ने महिलाहरूको एउटा विशिष्ट पर्व  रहेकोले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तिजले विशेष टेवा पु¥याउने बताए । 

संस्थाका अध्यक्ष शान्ता कंडेलको अध्यक्ष कोषाध्यक्ष खिमकुमारी थापाको स्वागतबाट सुरु भएको कार्यक्रममा संस्थाकी कार्यसमिति सदस्य कल्पना ज्ञवालीले गित मार्फत सबैलाई स्वागत गरेकी थिइन । कार्यक्रमको संचालन सहसचिव राविना भण्डारीले गरेकी थिइन ।


लुम्बिनी चिन्तन

थप समाचार