Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बुटवल-तानसेन सडक दैनिक ११ घण्टा बन्द हुने


  • लुम्बिनी चिन्तन
  • भाद्र १७, २०७८ बिहिवार
  • 936
    SHARES

बुटवल-तानसेन सडक दैनिक ११ घण्टा बन्द हुने

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल(तानसेन सडक खण्ड दुई दिनसम्म दैनिक ११ घण्टा बन्द हुने भएको छ ।  तानसेन नगरपालिका-८ तल्लो डुम्रेमा गएको पहिरो हटाउन बिहीबार र शुक्रबार दुई दिन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । 

उक्त अवधिमा अत्यावश्यक बाहेक अन्य सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । उनका अनुसार दिउँसोको समयमा भने सडक नियमित सञ्चालन हुनेछ । 


लुम्बिनी चिन्तन

थप समाचार