Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ र प्रोग्रेसिभ सिद्धार्थनगरद्वारा बाढी पिडितलाई खाद्यान्न वितरण


  • लुम्बिनी चिन्तन
  • भाद्र १९, २०७८ शनिवार
  • 2.6K
    SHARES

लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ र प्रोग्रेसिभ सिद्धार्थनगरद्वारा बाढी पिडितलाई खाद्यान्न वितरण

भैरहवा ।  लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ र लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले संयुक्त रुपमा राहत वितरण गरेका छन । भदौ १० र ११ गते परेको अविरल वर्षका कारण वाढीले जनजीवन प्रभावित बनेका मध्ये  रुपन्देहीका १ सय २५ परिवारलाई क्लबले संयक्त रुपमा राहत वितरण गरेको हो ।

‘जहाँ आवस्यकता त्यहाँ सेवा’ भन्ने उदेश्यका साथ क्लबले संयुक्त रुपमा रोहिणी गाँउपालिका ५ पिपरहवा र ओमसतिया ४ गुजरपुरवाका बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका अध्यक्ष शार्दुल मयुर कसौधनले बताउनु भयो । 

क्लबले बाढी प्रभावित परिवारका निम्ती चामल, आटा, दाल, तेल र मास्क लगायतको ३ लाख बराबरको खाद्यान्न वितरण गरेको छ । क्लबले वास्तविक पिडितहरुको तथ्याँक लिई रोहिणी गाँउपालिकाको समन्वयमा पिपरहवामा ६८ परिवारलाई राहत वितरण गरेको छ भने ओमसतिया गाँउपालिका वडा नम्बर ४ को समन्वयमा गुजरपुरवामा ५० परिवारलाई राहत वितरण गरेको छ ।  

बाढी प्रभावित परिवारको घाउमा थोरै भए पनि मलम लगाउन लायन्स क्लबले सहयोग गरेको लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथकी अध्यक्ष तनु शर्मा कसौधनले बताउनु भयो ।

collage (1).jpg

अविरल वर्षाका कारण गाँउ नै डुबानमा परि घर भित्र पानी पसेको र खानको लागि चुल्हो बाल्ने अवस्था समेत नरहेको भन्ने खबर हामी माझ आएको तत्कालका लागि राहत वितरण गर्न हामी यहाँ आएको लायन्स क्लबकी सदस्य आभा मल्लले बताउनु भयो ।

द्वय लायन्स कलबका सदस्य अस्मित पोखरेल र अभा मल्लको संयोजकत्वमा रोहिणी गाउपालिकाका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब ३२५ बी टु नेपालका डिस्ट्रिक चिफ महेश थापा, डेपुटी सेक्रेटरी विजय पाण्डे, लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष दिपेश पछाई, सामाजसेवी शैलेन्द्र उपाध्याय, पिपरहवा प्रहरी चोकी इन्चार्ज राजेन्द्र रावत, अभिनव मयुर कसौधन, सुनिल सेञचुरी, सुधा कुवर लगायतले मानव सेवामा समर्पित सहकार्य लायन्स जुटेको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सनोज कुमार यादवले बाढी पिडितको राहतका लागि गाँउपालिकाले समन्वय गरिरहेको बताउदै कोही पनि खानबाट बञ्चित हुन नपर्ने बताउनु भयो ।  उहाले बाढीबाट घर विहीन भएका प्रभावित परिवारको लगत लिई आवास निर्माण र खाद्यान्नको अभाव भएको ठाँउमा गाँउपालिका मार्फत समन्वय गरी तत्काल राहत उपलब्ध गराउने बताउनु भयो । 

त्यस्तै विशिष्ट अतिथी थापाले लायन्सका सदस्यहरुले एक आपसमा सहकार्य र योग्दानले नै सेवा भइरहेको बताउदै यस क्षेत्रमा मात्रै ३५ लाख बढिको सेवाको काम बाढी प्रभावितलाई भएको जानकारी दिनु भयो । संयुक्त रुपमा सेवाको काम गर्दा गुण्स्तरीय र उपलब्धि मुलक हुने भएकोले मिलेर संयुक्त रुपमा सेवा गर्न आग्रह गर्नुभयो । क्लबका सदस्य संजोगराज तिवारीको संचालनमा भएको कार्यक्रममा सुधा कुवरले ध्वजा अभिवादन गर्नु भएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार