Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगरको पृथ्वी पार्क नाम परिवर्तन, अवस्था उस्तै (फाेटाेफिचर)

न त पृथ्वी नारायण छन, न व्यवस्थित पार्क


  • भाद्र २०, २०७८ आइतवार
  • 2.2K
    SHARES

सिद्धार्थनगरको पृथ्वी पार्क नाम परिवर्तन, अवस्था उस्तै  (फाेटाेफिचर)

भैरहवा ।  रुपन्देहीको सिद्धार्थनगर–२ स्थित पंचवटिका । सिद्धार्थनगर नगरपालिकाको ५ औ नगरसभाबाट सिद्धार्थनगर २ मा अवस्थित पंचवाटिकालाई पृथ्वी पार्क नामाकरण गरेको थियो । २०७६ असाढ १० गते नाम परिवर्तन गर्ने निर्णय भए पनि २ वर्ष बित्दा समेत नाम परिवर्तन बाहेकको खासै परिवर्तन भएको छैन । 

डि.पि.आर.सहितको पृथ्वी पार्क निर्माणका लागि गठित समितिले नेपालका एकिकरण कर्ता पृथ्वीनारायण शाहको शालिक राख्ने निर्णय समेत गरेको भएपनि अझै सम्म न त पृथ्वीनारायण शाह नै छन न त व्यवस्थित पार्क ।

के के छन पार्कमा 

१. वाटर फाउन्टेन सहितको संरचना बन्ने मुख्य द्वारमै पानीको फोहोराको साटो रुख फलाइसकेको छ । 

२. पार्क भित्र लाखौका काठ यत्र तत्र कुहिरहेका छन । झाडीले जंगलको स्वरुप लिदै छ ।

३. बनाइएका बनभोज स्थलका सेड भत्किएका छन भने भएका सेड जुवा, मध्यपान, धुम्रपान र लागु औषध सेवन गर्ने केन्द्र बनेको छ ।

४. धारा छ तर पानी आउदैन, कुर्सी बनाइएकोे छ तर त्यहाँ सम्म जान मिल्न बाटो छैन ।

५. सोलार लाइट र रोड लाइट भएपनि पोल मात्र सकुशल अवस्थामा छ  । 

prithipark (1).jpgprithipark (2).JPGprithipark (4).JPGprithipark (3).JPGprithipark (5).jpgprithipark (8).jpgprithipark (6).jpgprithipark (10).jpgprithipark (9).jpg

 


थप समाचार