Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रोहिणीमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालीम


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ११, २०७७ मंगलवार
  • 938
    SHARES

रोहिणीमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालीम

भैरहवा । रोहिणी गाउँपालिकाले गाउँपालिकामा सञ्चालित योजनाहरु सम्पन्न गर्न गठन भएको उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालीम दिन सुरु गरेको छ ।

गाउँपालिकाको ७ वटै वडामा गाउँपालिका तथा वडा कार्यालयद्वारा सञ्चालन हुने योजनाहरु सफलतापूर्वक सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालीम प्रदान सुरु गरिएको हो । योजना सम्पन्न भई सके पछि उपभोक्ता समितिका पदाधिकारीहरुलाई कागजात मिलाउन भएको अन्यौलताको कारण उनिहरुले बिगतका बर्षमा कठिनाई भोग्दै आएका थिए । अहिले बिभिन्न कागजातहरु कसरी तयार पार्ने, उपभोक्ता समितिको कर्तब्य, दायित्व र अधिकार, योजना उपभोगमा उपभोक्ताको महत्व लगायतको बिषयमा उनिहरुलाई जानकारी प्रदान गरिएको रोहिणी गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्रले जानकारी दिए । स्थानिय श्रोत साधन, श्रमको प्रयोग गरि कम लागतमा बढी बिकास निर्माणका काम गराउने उद्देश्य सहित उपभोक्ता समितिको पदाधिकारीहरुलाई तालीम प्रदान गरिएको रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । 


उपभोक्ता समिति मार्फत काम भएकोले गुणस्तरीय काम हुने भएको बताउदै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले गाउँघरमा हुने कामको रेखदेख र अनुगमन स्थानिय स्तरमा पनि गर्न आग्रह गरे । चालु आर्थिक बर्ष २०७७÷०७८ मा रोहिणी गाउँपालिकाद्वारा करिब २ सय  योजनाहरु सञ्चालन हुदैछ ।

यी योजनाहरु सम्पन्न गर्न गठित उपभोक्ता समितिहरुबाट अध्यक्ष, सचिव र कोषाध्यक्ष गरि ६ सय जनालाई तालीम प्रदान गर्ने गाउँपालिककाको लक्ष्य रहेको छ । तालीमममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, लेखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली, योजना शाखा प्रमुख राजकुमार मिश्र, प्राविधिक शाखा प्रमुख बिशाल सिंह क्षेत्री एवम सम्बन्धित वडामा खटाईएका प्राविधिक हेमन्त पाण्डे, दुर्गेश यादव र श्रीनेवास यादवले सहजीकरण गर्दै छन् । 


लुम्बिनी चिन्तन

थप समाचार