Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

कच्चा पदार्थको मूल्य बढेकाले खाने तेल महँगियो सरकारः उद्योगी


  • लुम्बिनी चिन्तन
  • भाद्र २१, २०७८ सोमवार
  • 760
    SHARES

कच्चा पदार्थको मूल्य बढेकाले खाने तेल महँगियो सरकारः उद्योगी

खाने तेल उत्पादक उद्योगीहरुले अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताएका छन्।

खानेतेलको मूल्य वृद्धिबारे शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीसँग गरेको छलफलमा आफूहरुले कम नाफा राखेको बताएका हुन्।  ‘कच्चा पदार्थकै मूल्य बढेकाले तेलको मूल्य बढेको हो। हामीले चार प्रतिशत मात्रै नाफा राखेर बिक्री गरिरहेका छौँ,’ सहभागी एक उद्योगीले भने। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य नघेटेसम्म खाने तेलको मूल्य नघट्ने उनीहरुको भनाइ छ। छलफलमा उद्योगीहरुले खानेतेलको एमआरपी खारेज गरी बिल प्रणाली लागू हुनुपर्ने मागसमेत राखेका छन्। 

विभागका महानिर्देशक प्रकाश पौडेलले मूल्य वृद्धिबारे अनुगमन गरिने बताए। महानिर्देशक पौडेलले नेपालमा खाने तेलको कुल उत्पादनको विवरण माग गरेका छन्।
 
विभागले देशभरका तेल उत्पादक उद्योगीलाई छलफलमा बोलाएको थियो। छलफलमा १९ उद्योगीहरुको सहभागिता थियो।


लुम्बिनी चिन्तन

थप समाचार