Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्न सरकारले साढे ११ अर्ब रुपैयाँ ऋण लिने


  • लुम्बिनी चिन्तन
  • भाद्र २१, २०७८ सोमवार
  • 1.2K
    SHARES

शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्न सरकारले साढे ११ अर्ब रुपैयाँ ऋण लिने

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्नका लागि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाबाट साढे ११ अर्ब रुपैयाँ सहुलियत ब्याजको ऋण लिने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि पाँच अर्ब ५४ करोड रुपैयाँ र नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि पाँच अर्ब ९४ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै बैठकले राष्ट्रिय जनगणना २०७८ को संशोधित तालिका स्वीकृत गरेको छ । यस्तै सरकारले दार्चुलाको छाङरुमा स्थापना भएका सशस्त्र प्रहरीका बीओपी र प्रहरी चौकीको ब्यारेक भवन बनाउन काठ उपयोग गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार