Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

महिन्द्रा ट्रेक्टरको शोरुम दाङको लमहीमा


  • लुम्बिनी चिन्तन
  • भाद्र २२, २०७८ मंगलवार
  • 1.1K
    SHARES

महिन्द्रा ट्रेक्टरको शोरुम दाङको लमहीमा

भैरहवा । अम्बु मार्केटिङ्गले दाङको लमहीमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरुम तथा सर्भिस सेन्टरको स्थापना गरेको छ । 
दाङ र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराउने उद्देश्यले सर्भिस, स्पेयर र सेल्स सहितको थ्री एस सेवा सुरु गरिएको हो । 

लमही अर्नवा पुल नजिक स्थापना भएको उक्त शोरुमको गडवा गाउपालिकाका अध्यक्ष सहज राम यादवले उद्घाटन गर्नु भएको हो ।  महिन्द्रा बिक्री केन्द्रमा समान गुणस्तर सेवाका कारण उपभोक्ताले अधिकतम सन्तुष्टि पाइरहेका कम्पनीको डाईरेकटर पर्शुराम पराजुलीले बताउनु भयो । 

उद्घाटन कार्यक्रममा महिन्द्रा कम्पनिको तर्फबाट मनोज दलबीले कम्पनीले उपभोक्ताको आवश्यकता अनुसार विभिन्न उत्पादन उपलब्ध गराउनमा केन्द्रीत रहेको बताउनु भयाे । किसानहरुको तर्फबाट बोल्दै भरत अधिकारी, नारायण भुसाल लगायतले महिन्द्राका ट्रयाक्टर देशभरि अधिक मात्रामा प्रयोगमा रहेकोले नयाँ उद्यमी र कृषक÷कृषिकर्मीहरुको सारथी बन्ने बताउनु भयो । 

अम्वु मार्केटिङ्गका मेनेजर शुदर्सन थापाको संचालन तथा कम्पनीको डाईरेकटर पर्शुराम पराजुलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको अवसरमा शोरुमबाट ५ वटा  ट्रेक्टर डेलिभरी गरिएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार