Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीको मणिग्राममा युवतीको संकास्पद मृत्यु

 घटना दर्ता गर्न प्रहरी मानेन: माइती पक्ष


  • लुम्बिनी चिन्तन
  • भाद्र २२, २०७८ मंगलवार
  • 892
    SHARES

रुपन्देहीको मणिग्राममा युवतीको संकास्पद मृत्यु

भैरहवा । रुपन्देहीको तिलोत्तमामा एक युवतीको संकास्पद मृत्यु भएको छ । तिलोत्तमा ८ मणिग्राममा २ बर्षअघि बिबाह भएकी सीता भण्डारी पौडेलको भदौ १९ गते भुण्डी हत्या गरेको र २० गते विहान घटना बाहिर आएको हो । 

हत्या भएको वा आत्महत्या हो भन्ने विषयमा अनुसन्धान भइरहेको पनि युवतीका माइती पक्षले हत्या गरिएको भनि दाबि गरेको छ । मृतक २७ बर्षिय युवती सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्यान गुमाउनुपरेको बताए । 

युवतीले आफैले आत्महत्या गरेको मृतक युवतीका घरपरिवारको दाबि गरे पनि हरिप्रसादले ज्वाइ टीकाको परिवारले योजनाबद्ध हत्या गरेको आरोप लगाएका छन  ।

माइतिपक्षले घटनाबारेमा इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेर दिएपनि जाहेरी प्रहरीले दर्ता नगरेको परिवारको भनाई छ । 
माइती पक्षले कर्तव्य ज्यानमा मुद्धा दर्ताका लागि जाहेरी दिएकोले शवको प्रकृति प्रारम्भिक रुपमा आत्महत्या जस्तो देखिएकोले मुद्धा दर्ता नगरिएको हो, दुरत्साहन मुद्धा दर्ताका लागि माइती पक्ष नमानेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले बताए ।  

मृतकको शब बुटवल प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिएको छ । पोस्टमार्टम रिर्पोट रकमको लेनदेनले गलत भएको भन्दै आफन्तले उनको शब बुझ्न मानेका छैनन । 


लुम्बिनी चिन्तन

थप समाचार