भैरहवा । लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । विशेष गरी आफ्नो क्लबमा भएका महिला, रिजन तथा जोन चियर पर्सनलाई सम्मान गर्दै उक्त कार्यक्रम राखेको संयोजक मनोज क्षेत्रीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक ३२५ वि २ का सेकेन्ड भि.डि.जि. नवराज न्यौपानेले विभिन्न चाडपर्व तथा संस्कृतिहरु नेपालीहरुको गहना भएकोले त्यस्ता पर्व तथा संस्कृतिको मौलिकतालाई जोगाइराख्न सबै संघ, संस्था लगायत नयाँ पुस्ताहरुले ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विशिष्ट अतिथि डिस्ट्रिक एक्जुकेटिभ चिफ लायन महेशचन्द्र थापा, कोचिफ डिस्ट्रिक एडभाईजर धर्मराज श्रेष्ठ, डिस्ट्रिक डेपुटी सेक्रेटरी विजय पाण्डे, रिजन चियर पर्सन अनिता थापा जोन चियर पर्सन माया मल्लीक, सिद्धार्थ महिला जेसिजकी संस्थापक अध्यक्ष सरिना श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी. लुम्बिनीखबर सञ्चार गृह प्रा.लि.का अध्यक्ष गोकुल पोखरेल लगायत क्लबका बोड तथा जनरल सदस्यहरुको उल्लेखनिय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीमा रहेका ८ जना महिला दिदिबहिनीहरुलाई क्लबको तर्फबाट सम्मान गर्दै उपहार प्रदान गरिएको थियो साथै क्लबकी फस्टलेडि उमा अधिकारी बाट व्याक्तिगत रुपमा पारिवारिक तथा उत्सवको रुपमा लिदै महिला दिदिबहिनीहरुलाई मायाको चिनो प्रदान गरेको क्लबकी कोषाध्यक्ष बीना पौडेलले जानकारी दिइन ।
ग्रिन सिटीले महिला दिदिबहिनीहरु संग शुभकामना आदान प्रदान गर्दै कार्यक्रम आयोजना गरेकोमा क्लब प्रति गर्भगर्दै आगामी दिनमा क्लबमा रहेका दाजुभाईहरु सित एक आपसमा पारिवारिक सम्बन्ध रहेको क्लब की सदस्य लक्ष्मी थापाले धन्यवाद व्यक्त गर्दै महिला दिदिबहिनीहरुको तर्फबाट शुभकामना व्यक्त गरेकी थिइन ।
लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले क्लबका मार्गदर्शक को चिफ एडभाईजर पिएमजेअफ लायन धर्मराज श्रेष्ठलाई सम्मान गरेको छ । क्लबका अध्यक्ष गोविन्द प्रसाद गिरी सहितको पदाधिकारी टिमले जन्म दिनको अवसरमा सम्मान पत्र तथा दोसल्लाले सम्मान गर्दै मानविय सेवामा लामो समय व्यतित गर्नुभएका श्रेष्ठको जन्मदिन मनाउन पाउदा खुसीलागेको अध्यक्ष गिरीले बताए ।
भैरहवा ग्रिन सिटीका प्रथम उपाध्यक्ष श्री बहादुर रायमाझीले सामाजिक सेवामा श्रेष्ठको योगदान र परिचयको चर्चा गर्दै ८२ बर्षको सम्म लायन्समा सक्रिय हुनु वहाले गरेका सयौ सामाजिक कर्मले समाज रुपान्तरणमा विशेष योगदान रहेको छ । गोविन्द प्रसाद गिरीको अध्यक्षतामा क्लबका सचिव थानेश्वर पाण्डेको संचालन मनोज क्षेत्रीको संयोजन होटल पौवामा कार्यक्रम भब्यरुपमा सम्पन्न भएको थियो ।