Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

शुल्क बढाएको भन्दै भैरहवा बहुमुखी क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी


  • लुम्बिनी चिन्तन
  • भाद्र २३, २०७८ बुधवार
  • 2.7K
    SHARES

शुल्क बढाएको भन्दै भैरहवा बहुमुखी क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी

भैरहवा । भैरहवा बहुमुखी क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरिएको छ । 
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भैरहवा बहुमुखी क्याम्पस कमिटिले शैक्षिक शुल्क बढाएको भन्दै बुधबार तालाबन्दी गरेको हो । 

कोभिड–१९ ले शैक्षिक क्षेत्र प्रभावित भएका विद्यार्थीहरुमा लकडाउनको अवधिमा शैक्षिक शुल्क नलिने सरकारको निर्णयलाई उल्लंघन गरि क्याम्पसले सम्पूर्ण शैक्षिक शुल्क लिनुका साथै यस्तो प्रतिकुल समयमा त्रिविको नियमअनुसार भन्दै १० प्रतिशत सम्म शैक्षिक शुल्क बृद्धि गरेकोले विरोधमा तालाबन्दी गरेको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटिीका अध्यक्ष सागर न्यौपानेले बताए । 

हामीले क्याम्पस प्रमुख तथा प्रशासनलाई ४८ घण्टे अल्टिमेटम दिएपनि आज सम्म सुनुवाई नभएकोले पहिलो चरणको आन्दोलन स्वरुप क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरिएको अध्यक्ष न्यौपानेले बताए । 

राष्ट्रिय स्वाभिमान गण्तन्त्र न्याय र समानताको आन्दोलनका लागि अनेरास्ववियु सधै नेपाली विद्यार्थीहरुको पक्षमा रहेकोले अझै पनि विद्यार्थीको माग पुरा गर्न क्याम्पस प्रशासनले चासो नदेखाए सशक्त ढंगले आन्दोलन गर्ने चेतावनी समेत दिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटिीका सचिव आशिष पन्तले बताए ।

 


लुम्बिनी चिन्तन

थप समाचार