Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भारत पठाउनका लागि तयारी अवस्थामा रहेकाे सुपारी सशस्त्र प्रहरीद्वारा बरामद


  • लुम्बिनी चिन्तन
  • भाद्र २४, २०७८ बिहिवार
  • 590
    SHARES

भारत पठाउनका लागि तयारी अवस्थामा रहेकाे सुपारी सशस्त्र प्रहरीद्वारा बरामद

भैरहवा । सशस्त्र प्रहरीले रुपन्देहीको सिद्धार्थनगर ११ भुजौलीबाट कटिङ सुपारी बरामद गरेको छ । 

बिहीबार विहान ५ बजे भारततर्फ कटिङ्ग सुपारी चोरी निकासी हुँदैछ भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको कमाण्डमा खटिएको ९ जनाको स्क्वार्ड टोलीले उक्त सुपारी बरामद गरेकोे हो । 

भारत पठाउनका लागि तयारी अवस्थामा कटिङ सुपारी सिमा नजिक भुजौलीमा २० वटा बोरामा लुकाई छिपाई राखिएको थियो । चोरी निकासी गर्न लागेको अन्दाजी उक्त सामानको मुल्य छ लाख बराबरको रहेको सशस्त्र प्रहरी २७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीले बताए ।

५० किलोको दर २० वटा बोरामा कटिङ्ग सुपारी राखएिको अवस्थामा फेला पारेका छौ, उक्त कटिङ्ग सुपारी भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको छ ।  कटिङ्ग सुपारीलाई कहाँबाट ल्याएको र ओसार–पसार कार्यमा को–को संलग्न छन् भन्ने बिषयमा थप अनुसन्धान भई रहेको एसपी उप्रेतीले जानकारी दिए ।


लुम्बिनी चिन्तन

थप समाचार