Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगरका बाढीपिडितलाई राहत वितरण


  • लुम्बिनी चिन्तन
  • भाद्र २४, २०७८ बिहिवार
  • 694
    SHARES

सिद्धार्थनगरका  बाढीपिडितलाई राहत वितरण

भैरहवा । गतहप्ता आएको बाढीले प्रभावित सिद्धार्थनगर वडा न.१२ का वडाबासीलाई आज राहत सामाग्री वितरण गरिएको छ ।  सिद्धार्थनगर वडा न.१२ श्रीकृष्णपथ निवासी २० घरपरिवारलाई सिद्धार्थनगर नगरपालिकाले राहत वितरण गरेको हो ।

जसअनुसार प्रतिघरपरिवार चामल २५ किलो,दाल ३ किलो,तेल ३ लि.र २ किलो नुन गरी २० घर परिवारलाई  वितरण गरिएको हो ।

वितरण कार्यक्रममा नगर प्रमुख हरिप्रसाद अधिकारी,उपप्रमुख उमा काफ्ले,वडा न.१२ का वडा अध्यक्ष करुन्जन कुमार श्रेष्ठ,वडा सदस्य कुमार गुरुगं,सामाजिक विकास शाखा अधिकृत यादव सापकोटा,मुक्ति पाण्डे लगायतले राहत वितरण गर्नुभएको थियो । 


  • सम्बन्धित विषय:

  • # सिद्धार्थनगर नगरपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार