भैरहवा । रूपन्देहीमा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । मर्चवारी गाउँपालिका वडा नं. ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षिय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यू भएको हाे । साँझ करीब ५ः३० बजे २ जना खेतबाट घास काटेर खेतको आली भएर आउने क्रममा चट्याङ लागेर मृत्यु भएको हो ।
संगै रहेका ११ वर्षिय सन्तोष यादव घाइते भएका छन । यसैगरी सोही समयमा मर्चवारी १ कोटियहवाको इन्र्दवती ठाकुर, माया ठाकुर, गौरी ठाकुर र विश्वनाथ ठाकुर पनि चट्याङबाट घाइते भएकाछन् । घटनाबारे थप अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । घाइतेहरूलाइ उपचारकोलागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।