Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

दोग्हरा स्थित मन्दिरमा विश्वकर्मा पूजाकाे निरन्तरता

सिमित उपस्थितीमा स्वास्थ्य मापदण्ड कायम गरि पूजा हुन्छः समिति


  • लुम्बिनी चिन्तन
  • भाद्र २६, २०७८ शनिवार
  • 1.3K
    SHARES

दोग्हरा स्थित मन्दिरमा विश्वकर्मा पूजाकाे निरन्तरता

भैरहवा । शिल्पका देउता भगवान विश्वकर्मा बाबाको समझनामा मनाइदै आएको बिश्वकर्मा पूजा यस वर्ष सिमित उपस्थितीमा निरन्तरता दिदै शुक्रबार विश्वकर्मा पूजा मनाइने भएको छ ।  आराध्या देव भगवान श्री बिश्वकर्मा बाबाको हरेक वर्ष असोज संक्रान्तिमा मनाइदै आएको पूजा रुपन्देहीको सिद्धार्थनगर ४ दोगहरा स्थित मंदिरमा विधिवत रुपमा मनाइने भएको हो । 

विश्वकर्मा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम किसन सेन्चुरीको अध्यक्षतामा शनिबार बसेको बैठकले हरेक वर्ष झै यस वर्ष पनि मन्दिर परिसरमा विश्वकर्मा पूजालाई निरन्तरता दिदै पूजा गरिने बताए । कोरोना महामारीको जोखिम कायम रहेकोले त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरी सिमित उपस्थिती पूजा गरिने व्यवस्थापन समितिको वैठकले निर्णय गरेको अध्यक्ष सेन्चुरीले बताए । 

भैरहवा–लुम्बिनी सडक खण्ड अन्तर्गत पर्ने विश्वकर्मा मन्दिर २०२९ सालमा बाबा नन्दलाल विश्वकर्माले मन्दिर बनाउन दिएको ९ कठ्ठा जमिनमा तत्कालीन समयमा काँचो इँट्टाले मन्दिर बनाइएको थियो । उक्त मन्दिरको पहिलो पटक संरक्षणका लागि स्थानीय समाजसेवी मायादेवी विश्वकर्मा र गोरे सुनारले आर्थिक सहयोग गरेपछि २०४२ सालमा मन्दिरको वर्तमान स्वरूप तयार भएको समितिले जानकारी दिएकाे छ ।

मन्दिरभित्र भगवान विश्वकर्मा बाबासँगै गणेश, शंकर, पार्वती, दुर्गा, विष्णु भगवानको समेत मूर्ति राखिएको छ । हरेक वर्षको असोज १ गते विश्वकर्मा बाबाको पूजाका दिन उक्त मन्दिरमा पूजाआजा गरिदै आएको समितिका सदस्य सुनील सेन्चुरीले जानकारी दिए । 

बैठकले समितिका सदस्य गणेश बिकलाई संयोजकको जिम्मेवारी दिएर व्यवस्थापनको तयारीमा लाग्न आग्रह गरेको छ । विश्वकर्मा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम किसन सेन्चुरीको अध्यक्षता समितिका बरिस्ठ सल्लाहकर प्रेम सेन्चुरीको प्रमुख आतिथ्यतामा भएको बैठकमा सचिव राजन रसाईली, सल्लाहकार पूरन सेन्चुरी, राजु बिक , डम्मर रामदम, प्रकाश रामदम लगायतको उपास्थिति रहेको थियो । 

असोज १ गतेका दिन भगवान विश्वकर्माको जन्म दिन भएकोले सो को समझनामा विश्वकर्माको पूजा गरिने गरिन्छ । हिन्दु संस्कृतिमा विश्वकर्मालाई यन्त्रको देवता मानिन्छ । भगवानहरुको शिल्पकारको रुपमा मान्यता पाएका विश्वकर्माको पुजाआजा गरियो भने औजार, मेशिन र सवारी साधनहरुमो बढोत्तरी हुने जनविश्वास छ ।  उनले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पुर्याउनका लागि विभिन्न कार्य गरेका थिए । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुरजस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ । यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गर्ने गरिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार