Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थगर वडा नमबर ६ बाट उज्यालो तथा सफा शहर अभियानको सुरुवात

विधुतीय पोलमा लत्रिएका काम नलाग्ने केवल, फाईबरहरू व्यवस्थापन हुने


  • लुम्बिनी चिन्तन
  • भाद्र २८, २०७८ सोमवार
  • 1.2K
    SHARES

सिद्धार्थगर वडा नमबर ६ बाट उज्यालो तथा सफा शहर अभियानको सुरुवात

भैरहवा ।  उज्यालो तथा सफा शहर अभियान अन्तर्गत भैरहवामा टेलिकम, इन्टरनेट टि.भी सेवा प्रदायकहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रको आयोजनामा भएको छलफलले सरोकारवालले अभियानमा सहकार्य गर्ने बताएका छन । 

उज्यालो तथा सफा शहर अभियान सफल पार्नलाई सर्वप्रथम विद्युतका पोलहरुमा रहेका अव्यवस्थित तारलाई व्यवस्थित गर्नु पर्ने र नचाहिने तारहरुलाई छिटो भन्दा छिटो हटाउन पर्ने आवश्यक रहेको छ यसलाई सम्बन्धित सेवा प्रदायक कम्पनिले व्यवस्थापन गर्नु पर्ने हुन्छ नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झा बताए । 

२०७३ साल देखि दुई तिनबटा सेवा प्रदायक संस्थाले बाहेक अरुले विद्युत प्राधिकरणलाई राजस्व पोल भाडा बापत बुझाउनु पर्ने शुल्क नबुझाएको र कुनै किसिमको नविकरण र सम्झौता नगरेकोले सरसफाईमा कठिनाई र सेवा सुचारु गर्न ढिलाई भएको प्रमुख झा ले बताए । वितरण केवलको विवरण सहितको गुगल म्यापमा सुरु र अन्तिम बिन्दु तथा सो को प्रत्यक्ष देखिने गरि सेवा विस्तार गर्न समेत उनले आग्रह गरे । सिद्धार्थनगर नगरपलिका वडा नं ६ मा गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थल रहेको हुदा उज्यालो तथा सफा शहर अभियानको सुरुवात सिद्धार्थनगर नगरपलिका वडा नं ६ वटा सुरु गर्ने र काम गरेर देखाउने झा ले बताए ।

collage (28).jpg

छलफलले सेवाग्राहीले प्रत्यक्ष अनुभूति हुने गरी दश दिन भित्र वडा नं ६का पोलमा लत्रिएका काम नलाग्ने केवल, फाईबरहरू सबै सेवा प्रदायकले उचित व्यवस्थापन गर्ने तथा क्रमशः अन्य क्षेत्रमा समेत सुधार गरी प्राधिकरणको उज्यालो तथा सफा शहर अभियानमा सक्रिय सहभागिता जनाउने,   नियमानुसार पोलभाडा सम्झौता गर्न तत्काल पहल गन लगायतको निर्णय छलफलले गरेको छ  । 

नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झा को  अध्यक्षता र नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका लेखा प्रमुख ओम बहादुर दर्लामीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रशासन प्रमुख सानु मैया महर्जन, नयामील वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्र, अमुवा वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास, नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख खेमनारायण लम्साल, बुटवल वितरण केन्द्रका सुरेश कुमार महतो,  जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रतिनिधी बालकृष्ण आचार्य, सिद्धार्थनगर नगरपलिकाका ईन्जिनियर जिवन अर्याल, विभिन्न टेलिकम, इन्टरनेट टि.भी सेवा प्रदायक संस्थाका प्रतिनिधी, पत्रकार बुद्धिजिवी अगुवा अतिथिहरुको उपस्थिति रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार