Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भण्डारीको शव परिवारले अझै नबुझने, भिसेरा परिक्षणको लागि पनि पठाइयाे


  • लुम्बिनी चिन्तन
  • भाद्र २९, २०७८ मंगलवार
  • 662
    SHARES

भण्डारीको शव परिवारले अझै नबुझने, भिसेरा परिक्षणको लागि पनि पठाइयाे

भैरहवा । सिता भण्डारीको शव परिवारले अझै नबुझने भएका छन । घटना भएको ९ दिन बित्दा समेत परिवारले शव बुझन नमानेपछि सोमबार पिडित पक्षलाई जिल्ला प्रशासन कार्यालयमा छलफल गरी शव बुझन आग्रह गरिएको थियो ।

IMG_20210913_141212.jpg

पिडित पक्षले सिता भण्डारीको घटना आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएका छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्रहरीले अनुसन्धान गरिररहेको रिपोर्टलाई विश्वास गर्दै अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै परिवारलाई शव बुझ्नका लागि आग्रह गरेको थियो ।

न्याय पाउनु पर्छ भन्दै छलफलमा सहभागी हुन आएका पिडित पक्षले प्रशासनबाट आस रहेको बताउदै सुक्षम् अध्ययन अनुशन्धान गरेर नयाय दिन आग्रह गरे । पिडित परिवारको तर्फबाट बुवा, भाई आफ्नतजन तथा छरछिमेकहरुले घटनामा भएका प्रमाण, तथ्यहरु सुरक्षा निकाय तथा प्रशासनलाई जानकारी गराएका थिए ।

IMG_20210913_141145.jpg

यता जिल्ला प्रहरी कार्यालयका एसपी मनोज केसीले घटनाको हाल सम्म भएको  अनुसन्धानका बारेमा जानकारी गराएका थिए । घटनाको विभिन्न कोणले सुक्ष्म अनुसन्धान भइरहेको छ, विभिन्न तथ्यहरु बाहिर आउदै गरेका छन सबै जोडेर अनुसन्धान हुने उनले बताए ।  

सिसिटिभी लगेर अनुसन्धानको क्रम जारी छ,  भिसेरा परिक्षणको लागि पनि पठाइएको छ, सुक्ष्म अनुसन्धान जारी छ, प्रमाणले  कता लैजान्छ, उतै जाने हो । एसपी केसीले बताए ।

हत्या भएको भनि सबैलाई थाहा भए पनि मिलेमतो रहेको देखिएको छ, घटनालाई दबाउन  राजिनितिकरण नगर्न सबैलाई परिवारले अनुरोध गरे । धेरै दिन बित्दै जादा ठोस सबुतहरु मेटिएको र मेटिने क्रममा छ, मुचल्कामा पनि केही केही कुरा लुकाईएको छ पिडित पक्षको नेतृत्व कर्ता आयुषा कण्डेलले बताएन ।

IMG_20210913_140146.jpg

अनुसन्धानबाट केही थप रिजल्ट २ दिन भित्र आउने आश्वाशन आएको छ, त्यस पश्चात शव बुझ्ने पिडित पक्षले कुरा राखेको छ, पक्षमा केही नतिजा नआए २ दिन पछि आन्दोलन चेतावनी समेत पिडित पक्षले दिएका छन ।

नाराबाजीका साथ आएका पिडित पक्षले नगरको प्ररिक्रमा गरेर जिल्ला प्रशासान कार्यालय अगाडि विरोध जनाएका थिए । विरोध अघि प्रमुख जिल्ला अधिकारी,  सुरक्षा निकायका प्रमुखसँग छलफल भएको थियो । बैठकमा सुरक्षा निकायका प्रमुख, पिडित पक्षको उपस्थिति रहेको थियो ।

तिलोत्तमा ५की सिता भण्डारी पौडेलको गत भदौ २० गते बिहान शव पासो काटेको अवस्थामा फेला परेको थियो । भण्डारीको मृत्यु आत्महत्याका कारण नभई हत्या नै भएको माईती पक्षले आरोप लगाउदै आएका छन ।

IMG_20210913_141941.jpg

 


लुम्बिनी चिन्तन

थप समाचार