भैरहवा । नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल अन्तर्गत संचालित आँखा अस्पताल तथा जिल्ला अस्पतालहरुको बार्षिक समीक्षा एव कार्य योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
वर्ष २०७७÷०७८मा संघ अन्तर्गत चलेका अस्पताल तथा अाँखा उपचार केन्द्र्रले गरेको कार्य, आर्थिक पक्ष र भावी योजनाको विषयमा मंगलबार लुम्बिनीमा समीक्षा एव कार्य योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रम लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाको सभापतित्व, लुम्बिनी सांस्कृतीक नगरपालिकाको नगर प्रमुख मनमोहन चौधरीको प्रमुख आतिथ्यता, नेपाल नेत्रज्योती संघका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्त, केन्द्रीय महासचिव भरतबहादुर चन्द, बौद्व विश्व बिधालयका उपकुलपती प्रा डा हृदयरत्न बज्राचार्य, कञ्चन गाउपालिकाको अध्यक्ष गोकर्ण बहादुर क्षेत्री लगायत नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यसमितिका पदाधिकारी, जिल्ला शाखाका अध्यक्ष तथा पाल्पा लायन्स लाकौल आँखा अस्पताल, डा. विनोद निता कण्डेल आँखा अस्पताल, तौलिहवा सेकेण्डरी आँखा अस्पताल, कृष्णनगर शाखा आँखा अस्पताल, प्युठान आँखा उपचार केन्द्र, अर्घाखाँची आँखा उपचार केन्द्र, गुल्मी आँखा उपचार केन्द्रका सभापतिहरु मेडिकल डाईरेक्टर , अस्पताल ब्यवस्थापक, क्लिनिक ईन्चार्ज, बाह्य कार्यक्रम संयोजक, सेवा फाउण्डेशनका प्रोग्राम डाईरेक्टर राम प्रसाद कण्डेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागि सम्पूर्ण अस्पताल तथा आँखा उपचार केन्द्रका प्रतिनिधिहरुले आर्थिक वर्ष २०७७।२०७८ मा सम्पन्न गरेका कार्यहरु तथा आर्थिक पक्षको बारेमा जानकारी तथा आउने दिनहरुमा गर्ने कार्यक्रमहरु बारे पनि उपस्थित सबैमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राणाले सहभागि शाखा तथा प्रतिनिधीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो कार्यक्रमको संचालन नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका सचिव राजेन्द्र प्रसाद पन्थीले गर्नु भएको थियो ।