Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बढाएको शुल्क फिर्ता नगरेको भन्दै भैरहवा बहुमुखी क्याम्पस प्रशासन कक्षमा तालाबन्दी


  • लुम्बिनी चिन्तन
  • भाद्र २९, २०७८ मंगलवार
  • 1.1K
    SHARES

बढाएको शुल्क फिर्ता नगरेको भन्दै भैरहवा बहुमुखी क्याम्पस प्रशासन कक्षमा तालाबन्दी

भैरहवा ।  भैरहवा बहुमुखी क्याम्पस प्रशासन कक्षमा तालाबन्दी गरिएको छ ।  शैक्षिक शुल्क बढाएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटिले मंगलबार क्याम्पस प्रशासन कक्षमा तालाबन्दी गरेको हो ।

कोभिड–१९ ले शैक्षिक क्षेत्र प्रभावित भएका विद्यार्थीहरुमा लकडाउनको अवधिमा शैक्षिक शुल्क नलिने सरकारको निर्णयलाई उल्लंघन गरि क्याम्पसले सम्पूर्ण शैक्षिक शुल्क लिनुका साथै यस्तो प्रतिकुल समयमा त्रिविको नियमअनुसार भन्दै १० प्रतिशत सम्म शैक्षिक शुल्क बृद्धि गरेकोले विरोधमा गत भदौ २३ गते क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरिएको थियो । 

हामीले क्याम्पस प्रमुख तथा प्रशासनलाई ४८ घण्टे अल्टिमेटम दिएर क्याम्पस प्रमुख कक्षमा ताबन्दी गरेका थियौ । एक साता वितिसक्दा पनि हालसम्म पनि संगठनले उठाएको माग पुरा नभएकोले प्रशासन शाखामा तालाबन्दी गर्न बाध्य भएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटिीका अध्यक्ष सागर न्यौपानेले बताए ।

विद्यार्थीको हकहितका लागि उठाएका मागहरुको सम्बोधन नगरी एकलौटी ढंगले क्याम्पस प्रमुखको आदेशमा भइरहेको छ , अझै पनि सुनुवाई नभए सशक्त ढंगले आन्दोलन गर्ने चेतावनी समेत दिएको अध्यक्ष न्यौपानेले बताए ।  राष्ट्रिय स्वाभिमान गण्तन्त्र न्याय र समानताको आन्दोलनका लागि अनेरास्ववियु सधै नेपाली विद्यार्थीहरुको पक्षमा रहेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार