Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

गैडहवामा ८ महिने शिशुको बाबुआमाले गरे हत्या


  • लुम्बिनी चिन्तन
  • भाद्र २९, २०७८ मंगलवार
  • 1.6K
    SHARES

गैडहवामा  ८ महिने शिशुको बाबुआमाले गरे हत्या

भैरहवा। रुपन्देहीमा बाबु–आमाले आफ्नै नाबालक छोराको हत्या गरेका छन  गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार एक दम्पत्तिले ८ महिने शिशु सुरज मल्लाहको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

शिशुको हत्या भएको आंशकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा आमा–बुबाले आफ्नै घरको छतमा दुधे ८ महिनाको नावालक छोरा सुरज मल्लाहलाई घाटी रेटी हत्या गरेको खुलेको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।

“मृतकको परिवारमा जग्गा सम्बन्धी विवादको कारणले दैनिक कलह झै झगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको छ,“ प्रवक्ता थापाले भने । प्रहरीका अनुसार घटनास्थलको सुक्ष्म अबलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको थियो ।  मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको थियो । बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको प्रहरीले जनाएको छ ।

मृतक शिशुका आमा–बुबाले प्रहरी समक्षा हत्या गरेको स्वीकार गरि सकेको प्रहरीले जनाएको छ । मृतक शिशुका आमा–बुबालाई कर्तव्य यान मुद्धामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार