Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

तिलोत्तमाका  ४२ विद्यार्थीलाई नगर प्रमुख छात्रवृत्ति प्रदान


  • लुम्बिनी चिन्तन
  • भाद्र २९, २०७८ मंगलवार
  • 888
    SHARES

तिलोत्तमाका  ४२ विद्यार्थीलाई नगर प्रमुख छात्रवृत्ति प्रदान

भैरहवा । तिलोत्तमा नगरपालिकाले नगरप्रमुख छात्रवृत्ति कार्यक्रममार्फत विद्यार्थीहरुलाई मंगलबार छात्रवृत्ति वितरण गरेको छ । गरीब तथा विपन्न परिवारका सामुदायिक विद्यालयमा अध्यानरत ४२ जना विद्यार्थीहरुलाई नगरप्रमुख बासुदेव घिमिरेले छात्रवृत्ति वितरण गर्नुभयो । आर्थिक विपन्नताकै कारणले कुनैपनि बालबालिका शिक्षाबाट वन्चित नबनुन् भनेर प्रमुख मिघिरेले निर्वाचित भएसंगै आफ्नो पारिश्रमिक वापतको रकम छात्रवृति घोषणा गर्नुभएको थियो ।   नगरप्रमुख घिमिरेले यसवर्षको छात्रवृत्तिबापतको २ लाख ९४ हजार रुपैयाँ ४२ जना विद्यार्थीहरुलाई ७ हजारका दरले वितरण गर्नुभएको हो । सो अवसरमा बोल्दै उहांले पढ्ने इच्छा भएपनि आर्थिक स्थित कमजोर हुँदा विद्यालयमा जान नसक्नेहरुका लागि छात्रवृत्तिको रकम उपलब्धिमूलक बनेको बताउनुभयो  ।

collage (34).jpg

प्रत्येक वर्ष प्रदान गरिदै आएको उक्त छात्रवृत्ति बाललिवसको अवसर पारेर मंगलबार प्रदान गरिएको हो । समुन्नत,सुरक्षित र वालवातावरणमैत्री सुन्दर शहर शुसासनयुक्त पर्यटकीय र समृद्ध तिलोतमा नगर भन्ने नारा लिएर अगाडि बढेको नगरपालिका छिटै वालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै नगर प्रमुख घिमिरेले नगरबासीको साथ र कर्मचारी, जनप्रतिनिधि सबैको प्रयासले नगरपालीका देशकै नमुना नगरपालीका बन्न सफल भै पुरस्कृत समेत भएकोमा खुशी ब्यक्त गर्नुभयो । उहांले भन्नुभयो तिलोत्तमालाई आज अन्तराष्ट्रिय जगतले समेत चिनेको छ ।

collage (35).jpg

उहांले रकम सानो भएपनिे विद्यार्थी र उनका परिवारमा प्रभाव बढिरहेको बताउँदै वर्षेनी वितरण गरिने छात्रवृत्तिले विद्यार्थीहरुलाई स्कुलमा निरन्तर गराएको समेत बताउनुभयो । अर्को प्रशंगमा उहांले तिलोतमा नगरपालीकामा गत हप्ता भएको सिता भण्डारीको मृत्युका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई कार्बाही र पीडितलाई न्याय दिलाउन नगरपालीका प्रतिबद्ध रहेको उल्लेख गर्दै घटनालाई अतिरन्जित नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालीकाका उपमेयर जागेश्वरी देबी चौधरीले अव आउने मेयरले यस कार्यक्रममलाई निरन्तरता दिने नदिने निश्चित नभएकाले कार्यक्रमलाई निरन्तरता दिनका लागि नगरपालीकाले छुट्टै कोषको ब्यवस्था गरेको जानकारी दिनु भयो । प्राप्त रकम विद्यार्थीकै आवश्यकतामा खर्च गरेर सदुपयोग गर्न अभिभावकलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले देशका अन्य पालिकामा यस्ता कार्यक्रम कतै नभएको भन्दै राम्रो कामको निरन्तरताका लागि मेयर घिमिरेले गरेको कार्यक्रम निकै प्रशंसनीय रहेको बताउनु भयो । शिक्षा सम्बन्धी अन्य कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा शान्ति नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछाने, शिक्षा समिति सदस्य टंकप्रसाद पौडेल, विद्यार्थी सपना सुनार, जनता समाजवादी पार्टीका राजेन्द्र प्रसाद यादव,नेकपा एमालेका मिन प्रसाद पोख्रेल,माओवादी केन्द्रका लक्ष्मण खनाल,सामाजिक अभियान्ता यज्ञ गैरे, लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम नगरप्रबक्ता सुरेन्द्र श्रीको सञ्चालन र शिक्षा शाखा प्रमुख गंगाराम आचार्यको स्वागतमा सम्पन्न भएको हो ।


लुम्बिनी चिन्तन

थप समाचार