भैरहवा । गृह मन्त्रालयले रूपन्देही सहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी काज सरुवामार्फत परिवर्तन गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् ।
रुपन्देहीका सीडीओ आस्मान तामाङको चितवन सरुवा भएको छ भने गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई रुपन्देहीको सीडीओमा सरुवा गरिएको छ । गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । त्यस्तै गुल्मीकी सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर ल्याइएको छ भने पुण्यविक्रम पौडेललाई गुल्मीको सीडीओ बनाइएको छ ।
काशीराज दाहाललाई मोरङको सीडीओमा सरुवा गरिएको छ । भने कोशहरी निरौलालाई मोरङको सीडीओबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
गोरखामा शंकरहरि आचार्य, रामेछापमा दीपककुमार पहाडी र संखुवासभामा नुरहरि खतिवडा सीडीओ बनेका छन् । संखुवासभाका सीडीओ टेकनारायण पौडेल गृह मन्त्रालयमा सरुवा भएका छन् ।
दोलखामा टेकराज निरौला सीडीओ बनेका छन् भने त्यहाँबाट बासुदेव घिमिरे मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै धादिङमा कृष्णप्रसाद लम्साल र उदयपुरमा वीरेन्द्रप्रसाद यादव सीडीओ बनेका छन् ।

