Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

दीप ज्योति महिला सचेतना समुहमा पुनः अधिकारी


  • लुम्बिनी चिन्तन
  • भाद्र ३०, २०७८ बुधवार
  • 860
    SHARES

दीप ज्योति महिला सचेतना समुहमा पुनः अधिकारी

भैरहवा । दीप ज्योति महिला सचेतना समुह सिद्धार्थनगर  रुपन्देहीले आगामि कार्यकालको लागि पुनः शान्ति अधिकारीको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ ।

WhatsApp Image 2021-09-15 at 7.42.03 PM (1).jpeg

समुहको बुधबार भैरहवामा सम्पन्न सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्ष शान्ति अधिकारी, उपाध्यक्षमा विष्णु केशी, सचिवमा गिता भण्डारी भुषाल, कोषाध्यक्षमा मिना थापा, सह कोषाध्यषमा विष्णु पाण्डे, सह सचिवमा ईन्दु पन्तलाई सर्व सम्मत चयन गरेको छ । यस्तै कार्यसमिति सदस्यमा सुमित्रा अर्याल,विपना गौतम,अनु श्रेष्ठ, शुशिला पाण्डे,लक्ष्मी जिसी, वन्दना रायमाझी, लक्ष्मी पन्त, श्रृजना सापकोटा, मिना वाग्ले चयन भएको निर्वाचन अधिकृत ईन्दिरा आचार्यले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष शान्ति अधिकारीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा समुहका मानार्थ सदस्य हरि प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष शान्ति अधिकारीले संस्थाले स्थापना भएदेखि गरेका कामहरुको बारेमा जानकारी दिदै आगामि वर्षका लागि कार्ययोजना प्रस्तुत गर्नुभयो । यस्तै कोषाध्यक्ष गिता भण्डारीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

WhatsApp Image 2021-09-15 at 7.42.03 PM.jpeg

कार्यक्रमका विशिष्ठ अतिथि सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा काफ्ले, नमुना एकीकृत विकास परिषद्का अध्यष ज्ञानु पौडेल,लेखक सुन कुमारी राना, तिल कुमारी गुरुङ्ग, सिद्धार्थनगर वडा नम्बर ३ का वडा सदस्य रुपा पुन, दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिमराज अधिकारी लगायतले नयां कार्यसमितिलाई शुभकामना तथा बधाई मन्तव्य व्यक्त गर्नुभयो । संस्थाका सदस्य, आजिवन सदस्य, शुभचिन्तक लगायतको उपस्थिति रहेको कार्यक्रमा स्वागत शान्ता भुषाल तथा कार्यक्रमको संचालन मिना थापाले गर्नुभएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार