Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समूदायको तथ्याकं राष्ट्रिय जनगणनामा लिइदै


  • लुम्बिनी चिन्तन
  • भाद्र ३०, २०७८ बुधवार
  • 1.1K
    SHARES

यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समूदायको तथ्याकं राष्ट्रिय जनगणनामा लिइदै

बुटवल । राष्ट्रिय जनगणना २०७८’ बुधबारदेखि ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ शुरु भएको छ । तर यस पटकको जनगणना विगतभन्दा केही पृथक र बृहत हुने देखिएको छ । दशकौंदेखि आफ्नो अधिकार प्राप्तीका लागि संघर्षरत यौनिक तथा लैंङ्गिक अल्पसंख्यक महिला समलिङ्गी, पुरुष समलिङ्गी, द्विलिङ्गी, तेश्रो लिङ्गी र अन्तरलिङ्गी समूदायको पनि तथ्याकं लिइदैछ ।

विगतको जन गणनामा लिङ्गको महलमा महिला र पुरुष मात्र उल्लेख गर्ने गरिएकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको तथ्याकं आउने गरेको थिएन । जसका कारण सरकारसँग अधिकार दाबी गर्न पनि उक्त समूदायका व्यक्तिहरु कानुनी समस्यामा थिए । तर यस पटक पहिचान अनुसारको तथ्याकं आउनेमा अधिकारकर्मीहरु ढुक्क छन् ।

यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारको क्षेत्रमा कार्यरत नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ लामो समयको प्रयासपछि तथ्याकं विभाग एउटा निष्कर्षमा पुगेर हाम्रो समूदायको तथ्यांक लिने काम गरिरहेकाले उत्साह थपेको बताउँछिन् । ‘हुनत भनेजति तथ्याकं आउँछ भन्नेमा हामी विश्वस्त छैनौं । तर यस पटक जुन प्रयास भएको छ त्यो उत्साहको विषय हो ।

हाम्रो अधिकार स्थापित गराउन अब आउने नयाँ तथ्याकंले केही हदसम्म सहायता पुग्छ’, अध्यक्ष गुरुङले भनिन्,‘अब संख्याका आधारमा अधिकार खोज्न थाल्नेछौं । संविधानले दिएको अधिकार माग्नेछौं । यसका लागि देशभर लुकेर रहनुभएका समूदायका साथीहरुले आफ्नो पहिचान खुलाएर जन गणनामा सहभागि भइदिन अनुरोध गर्दछु ।’


लुम्बिनी चिन्तन

थप समाचार