Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीको जीर्ण कारागारमा तेब्बर कैदी, स्थानान्तरणको प्रयास छैन प्रभावकारी


  • लुम्बिनी चिन्तन
  • आश्विन १, २०७८ शुक्रवार
  • 2.5K
    SHARES

रुपन्देहीको जीर्ण कारागारमा तेब्बर कैदी, स्थानान्तरणको प्रयास छैन प्रभावकारी

भैरहवा ।  अपराध गरेर आउनेहरु सजाय काट्न र सुधारका लागि बनाइएको स्थल कारागार हो । नेपालमा १९७१ सालबाट कारागारको सुरुवात भए पनि नेपालका ५ जिल्लामा कारागार छैन । हाल सम्म नेपालमा ७४ वटा कारागार छन भने बाकेँको गनापुरमा खुल्ला कारागार र नौबस्तामा क्षेत्रिय कारागार निर्माणको क्रममा छ । रुपन्देहीमा भने १९९० मा कारगारको निर्माण भएको थियो । ८८ वर्ष अघि बनेको जिल्ला कारागार रुपन्देहीको हाल सम्म मर्मत बाहेक संरचना विस्तारको काम भएको छैन । 

१५० जना क्षमता रहेको कारगारमा वर्षौ देखि क्षमताभन्दा बढि कैदीबन्दी राखिदै आएको छ । पछिल्लो समय सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने भने पनि देशकै पूरानो मध्येको जिल्ला कारागार रुपन्देहीमा सो कार्यान्वयन नहुँदा कारागारको अवस्था दिन प्रतिदिन खस्किदै गएकोले जोखिम बढेको छ । 

८८ वर्ष पहिला १९९०मा कैदी तथा बन्दी राख्ने उद्देश्यले निर्माण गरिएको उक्त कारागारमा तीन गुणा बन्दी रहेकाले समय समयमा समस्या हुने गरेको छ । पुरानो र भूकम्पको धक्काले जीर्ण बनेको कारागारमा दुई वटा व्लक रहेको छ । १ बिघा ७ कट्ठा क्षेत्रफलमा फैलिएको कारागारमा ४ सय ४९ जना कैदीबन्दीका रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न सस्या हुने भएकोले समय समयमा कैदीहरुलाई अन्यत्र स्थानान्तरण गर्नु पर्ने बाध्यता रहेको जिल्ला कारागार कार्यालय, रुपन्देहीका प्रमुख शाखा अधिकृत जेलर नारायण पन्थीले बताए ।

बेला बेलामा निकै समस्या हुने गरेको छ । कारागार सुरक्षा प्रशासन, कैदी, भोजनालय, शौचालय, सीपमुलक काम सोही स्थानमा गराउनु परेकाले जसोतसो व्यवस्थापन गरेका छौं जेलर पन्थीले भने  । 

कारागारलाई राज्यले सुधार गर्ने प्रयास गरेपनि उल्लेख्निय रुपमा सुधार हुन सकेको छैन । रुपन्देही कारागार नयाँ र अत्याधुनिक बनाउनु बाहेकको बिकल्प छैन जेलर नारायण पन्थीले भने ।

भैरहवा मुख्य बजारक्षेत्रमा रहेको कारागार स्थान्तरणका लागि सिद्धार्थनगर नगरपालिकाले प्रस्ताव गरेपनि स्थानान्तरणको प्रक्रियाका लागि विभागबाट पहल नहुदा रोकिएको छ । नगरपालिकाले ओमसतियामा–५ पट्खौलीमा रहेको आफ्नो स्वामित्वको ६ बिघा ८ कट्ठा जग्गा स्थानान्तरणका लागि प्रस्ताव निवेदन गरेपछि विभिन्न समयमा ताकेता गर्दै आएको छ । 

सिद्धार्थनगर नगरपालिकाको २०७५ मंसिर १ गते बसेको बैठकले कारागार नगरपालिकाबाट ओमसतिया सार्न सर्वसम्मत निर्णय गरेको थियो । निर्णय भएलगत्तै नगरपालिकाले जिल्ला प्रशासन कार्यालय रुपन्देही, कारागार कार्यालय र कारागार व्यवस्थापन विभागलाई पनि पत्राचार गरेको  थियो । नगरपालिकाले २०७५ साल देखि स्थानान्तरणका लागि गृहमन्त्रालय, रक्षा मन्त्रालय, कारगार व्यव्स्थापन विभागलाई ताकेता र अनुरोध गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनीले बताउनु भयो । 

कारागारका लागी जग्गा उपयुक्त स्थानमा मात्र नभई कारागार हुने स्थान प्रकोप जोखिम नभएको, अस्पताल र अदालत देखी नजिक, सुरक्षाको दृष्टीकोणबाट मजबुत, पुर्वाधार राम्रो भएको हुनुपर्छ । नयाँ कारगार बनाउदा करिब १ अर्ब १५ करोडको अनुमानित लागतमा प्रशासनिक भवन सहितको अत्याधुनिक कारागार बनाउन सकिन्छ । कारागार स्थानान्तरणका लागि पहल र समन्वय नपुग्दा समेत काम अगाडि बढ्न सकेको छैन । विभागमा नेतृत्वको स्थिरता नहुनु, जिम्मेवार निकायले तदारुकता नदेखाउनु, र राज्यले पनि प्राथमिकतामा नलिए सम्म कारगागारको विकास सम्भव नहुने देखिन्छ । 


लुम्बिनी चिन्तन

थप समाचार