Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

विद्यालय स्थापना दिवसको अवसरमा छात्रवृत्ती बितरण


  • लुम्बिनी चिन्तन
  • आश्विन २, २०७८ शनिवार
  • 1.7K
    SHARES

विद्यालय स्थापना दिवसको अवसरमा छात्रवृत्ती बितरण

भैरहवा ।  भैरहवा स्थित श्री रुपन्देही लीलाराम न्यौपाने मा.वि.ले विद्यालयको स्थापना दिवसको अवसरमा छात्रवृत्ती बितरण गरेको छ । 
विद्यालयले ६६ औं वार्षिकोत्सव दिनको अवसरमा विभिन्न छात्रवृत्ती अक्षयकोषको छात्रवृत्ती बितरण गरेको हो ।

विद्यालयमा स्थापना भएको ४ वटा छात्रवृत्ती अन्र्तगतको एकलाख आठहजार रुपैया बराबरको छात्रवृति विद्यालयले एक कार्यक्रम गरी वितरण गरेको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद भट्टराईले जानकारी दिए ।  विद्यालयले  एसओएस बालग्राम गरिब तथा जेहेन्दार छात्रवृत्ती अनतर्गत रु. २००० का दरले २५ जना,   धनकुमारी–स्व. होमबहादुर थापा क्षेत्री छात्रवृत्ती अन्र्तगत रु. ७,५०० का दरले ४ जना,  रमादेवी मोदनाथशास्त्री स्मृति छात्रवृत्ती अन्तर्गत रु ४,००० का दरले ४ जना र बलरामजी.सी.  शान्ताजी.सी. छात्रवृत्ती अन्तर्गत रु. ३,००० का दरले ४ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको हो । 

विद्यालयको स्थापना दिवस असोज २ गतेको अवसरमा ३७ जना विद्यार्थीहरुलाई र विद्यालयबाट शैक्षिक सत्र २०६७ मा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरुले दुर्घटनामा परी मृत्युवरण गरेका सहपाठी रमेशबहादुर थापाको स्मृतीमा समेत छात्रवृत्ती अक्षयकोष स्थापनाको लागि रकम हस्तान्तरण गरेकाे छ ।

विद्यालयका प्रचार्य गणेशप्रसाद भट्टराईकको अध्यक्षता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जर्नाधन पोखरेलको प्रमुख आतिथ्यता, बलरामजी.सी.–शान्ताजि.सी. छात्रवृत्ती अक्षयकोषका संस्थापक  बलरामजी.सी., रमादेवी–मोदनाथशास्त्री स्मृती छात्रवृत्ती अक्षयकोषका संस्थापक  मोदनाथशास्त्री, धनकुमारी–स्व. होमबहादुर थापा क्षेत्री छात्रवृत्ती अक्षयकोषका संस्थापक डा. लेखजङ्गथापा क्षेत्री र एसओएस बालग्राम गरिब तथा जेहेन्दार छात्रवृत्ती उपलब्ध गराउने संस्थाएसओएस बालग्राम, भैरहवाकाइन्चार्ज गोविन्दप्रसाद खनालको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक रुपकुमार क्षेत्रीले गरेका थिए । 

सो अवसरमा बोल्दै अतिथीहरुले विद्यार्थीहरुलाई उज्जवल भविष्यको शुभकामना व्यक्तगर्दै आगामी दिनमा असल व्यक्ति बन्नको लागि प्रेरणा समेत दिए ।  नयाँ अक्षयकोष स्थापना गर्ने भूतपूर्व विद्यार्थीहरुको तर्फबाट श्यामसुन्दर घिमिरेले यसै विद्यालयमा संगै लामो समय अध्ययन गरेका आफ्नो दिवंगतमित्रको स्मृतीमा सानो भएपनि अक्षयकोष स्थापना गर्न सकेकोमा आफुहरुले गौरवान्वित महशुश गरिरहेको बताए । 


लुम्बिनी चिन्तन

थप समाचार