भैरहवा । नेपाल मदिरा व्यवसायी महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष खिम बहादुर खत्रीले मदिरा व्यवसाय प्रति राज्यले हेर्ने दृष्टिकोण नाकारात्मक रहेको बताएका छन ।
मदिरा व्यवसायी संघ भैरहवा रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशनमा बोल्दै प्रमुख अतिथी खत्रीले राज्यले मदिराबाट नै राज्यको कोषमा २० प्रतिशत बढि योग्दान गरेपनि राज्यले हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नभएको बताए । व्यवसायीले राजश्व चुहावट गर्दैन, सबै मदिरा उद्योगमा राजश्वका कर्मचारी भएपनि चुहावटको समयमा कर्मचारीलाई भन्दा पनि व्यवसायीलाई दुख दिनु राम्रो नभएको उनले बताए । राज्यले हेर्ने दृष्टिकोण नकारात्मक भएपनि यसलाई हामी व्यवसायीले सकारात्मक रुपमा लिनु पर्छ भन्दै प्रमुख अतिथी खत्रीले ३ वर्ष १३ जिल्लाबाट ५७ जिल्लामा मदिरा व्यवसायीलाई संगठित बनाएकोले भैरहवाले पनि महासंघको सदस्यता पाउनेमा दुविधा नरहेको बताए ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथी सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, अर्का विशिष्ट अतिथी नारायण प्रसाद भण्डारी, राजेन्द्र बोहरा, मदिरा व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष सुरेश कक्षपति, मदिरा व्यवसायी संघ लुम्बिनी प्रदेशका गोबिन्द पोख्रेल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, सुर्य पराजुलीलगायतले मदिरालाई निषेध नभई नियन्त्रण गर्नुपर्ने, घरेलु मदिराले विभिन्न बिकृती निम्याएकोले घरेलु मदिरा पुर्णरुपमा प्रतिबन्ध लगाउन र मदिरा व्यवसायलाई थप व्यवस्थित र सामाजिक बनाउदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्ने, राजस्व चुहावट लगायत अन्य बिषयमा सरकारलाई सहयोग गर्नु पर्ने बताए ।
मदिरा व्यवसायी संघ भैरहवा रुपन्देहीको अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष बाबुराम पाण्डेको स्वागतबाट सुरुभएको कार्यक्रमको संचालन सचिव केशव कुवरले गरेका थिए ।