सैनामैना । रुपन्देहीको सैनामैनामा नगरपालिकामा ९ करोड ४५ लाख रुपैयाँकाे लागतमा विद्युत सबस्टेसनको निर्माण कार्य सुरु भएको छ ।
नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्र अन्र्तगत सैनामैनाको वडा नम्बर–९ पिपलडाँडामा ३३/११ के.भी, १६/६ एम.भी.ए को निर्माण कार्य सुरु भएको हो । नगरमा विद्युतको लो भोल्टेज, ओभरलोड र विद्युत कटौतिको समस्यालाई समाधान गर्ने उद्देश्यसहित उक्त सबस्टेशनको निर्माण गर्न लागिएको सैनामैना नगरपालिकाले जनाएको छ ।
पिपलडाँडामा निर्माण हुने विद्युत सबस्टेसनको आइतबार सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभयो । सव स्टेशनको शिलन्यास गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले अव सैनामैना नगरपालिकामा विजुली जाने र आउने समस्या सधैको लागि अन्त्य हुने बताउनुभयो । उहाँले नगरमा जनप्रतिनिधी आउँदा आधा उज्यालो, आधा अध्यारो अवस्थामा रहेकोमा अहिले पुरै क्षेत्रमा विजुले पुगेको बताउनुभयो । उनले सैनामैना क्षेत्रमा निर्माण हुने औद्योगीक ग्राम, रिफ्रेश सेन्टर र निकट भविश्यमा स्थापना हुन लागेको विद्युतीय बस एसेम्बल प्लान्ट लगायतका क्षेत्रमा विद्युत आपुर्ती सहज हुने बताउनुभयो । नगर प्रमुख कार्कीले अव सैनामैनामा लो भोल्टेज, ट्रिपीङ्गको समस्या सधैका लागि समाधान हुने धारणा राख्नुभयो ।
अवको १ बर्षमा निर्माण सक्ने गरी निर्माण कम्पनीलाई ९ करोड ४५ लाख रुपैयाँमा आरके इन्टरनेशनल लाई जिम्मा दिईएको छ ।
१ बर्ष पहिला नै ठेक्का पाएको आरके ईन्टरनेशनल कृष्णनगरले २ बर्षमा सिभिलको काम सक्ने गरी ठेक्का पाएको थियो । तर कोराना कहरका कारण सुरु हुन सकेको थिए । अवको १ बर्षमा सक्ने गरी काम गर्ने कम्पनीका साईट म्यानेजर आरसी न्यौपानले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरण बुटवल वितरण क्षेत्रका प्रमुख सुरेश कुमार महतोले अव विस्तारै विद्युत आपुर्ती सहज हुदै गएको भन्दै मोतिपुर फिडर बाट ३३ केभिएको विद्युत ल्याएर सालझण्डी सव स्टेशनमा जोडीने र जसबाट ४ वटा फिडरमा वितरण गर्ने योजना रहेको बताउनुभयो ।
यस्तै लुम्बिनी प्रादेशिक कार्यलयका सिभिल ईन्जीनियर कृतिकान्ती शाहले ३३/११ कोभिएको काम समयमा नै सकिने जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका निर्देशक नवराज ओझाले अव रुपन्देही लगायतका जिल्लाहरुमा सधैका लागि विद्युतीय समस्या समाधानको लागि अहोरात्र लागिने बताउनुभयो । कार्यक्रममा नगरपालिका उप प्रमुख विना राना, नेपाली कांग्रेस जिल्ला उप सभापती फणिन्द्र शर्मा, माओवादी केन्द्रका नगर अध्यक्ष नारायण महत लगायतका नेता सरोकारवालहरुको सहभागीता थियो ।
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय बुटवलद्धारा निर्माण गरिने सालझण्डी जीतपुर सबस्टेशन ३३/११ के.भी, १६/६ एम.भी.ए को क्षमता , प्रशारण लाइन हुनेछ । सो सबस्टेशनको निर्माण श्री आरके इन्टनेशनल कृष्णनगर कपिलवस्तुले ठेक्का सम्झौता गरेको हो । यहि वर्ष सम्पन्न हुनेछ । शिलायन्स गर्दै सैनामैनाका नगर प्रमुख चित्र बहादुरकार्कीले बिधुत सब स्टेशन निर्माण संगै यस क्षेत्रको सम्पुर्ण बिधुतको समस्या समाधन हुने बताउनु भयो ।