Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बुटवलको पहिरोबाट दुई दर्जन घरमा क्षति, निरिक्षणमा निस्केका मेयरमाथि आक्रमण


  • लुम्बिनी चिन्तन
  • आश्विन ४, २०७८ सोमवार
  • 1.2K
    SHARES

बुटवलको  पहिरोबाट  दुई दर्जन घरमा क्षति, निरिक्षणमा निस्केका मेयरमाथि आक्रमण

बुटवल । बुटवलको ज्योतिनगरमा फेरि पहिरो गएको छ। पहिरोले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करीब दुई दर्जन घरमा क्षति पुगेको छ।  हिजो आईतबार रातीदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ।

स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए।  आक्रोशित स्थानीयले आज सो क्षेत्रमा अवलोकन गर्न पुगेका बुटवल उपमहानगरप्रमुख शिवराज सुवेदीमाथि हातपात पनि गरेका छन।  सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका हुन । आज सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई स्थानीयले मुक्का हानेका हुन्। नेकपा एमाले रूपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई मुक्का प्रहार गर्ने व्यक्ति एमालेकै कार्यकर्ता रहेको पाईएको छ।

सोमबार बिहान बुटवल ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा झरेको पहिरो निरीक्षणका लागि गएका नगरप्रमुख सुवेदीमाथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका थिए। ति युवा ज्योतिनगरका गणेश पंगेनी रहेको प्रहरीले बताएको छ। लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यनरत पंगेनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटीका सदस्य समेत हुन्। उनले झण्डै एक महिनादेखि पहिरोले घर पुरिए पनि स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको प्रहरीसामू बताएका छन्।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले भने बाहिर चर्चामा आएजस्तो पक्राउ गर्ने गरी घटना नभएको भन्दै पक्राउ नगरिएको बताएका छन्। गत भदौ १३ गते ज्योतिनगर र लक्ष्मीनगर माथिको चुरे पहाडबाट पहिरो झरेको स्थानमा सोमबार पुनः पहिरो झर्न थालेपछि मेयर सुवेदी पहिरो निरीक्षणको लागि पहिरोग्रस्त क्षेत्रमा पुगेका थिए। पंगेनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा हुन् । पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर उनले मुक्का हानेको बताएका प्रहरीले जानकारी दिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार