भैरहवा । नेपाल रेन्बुकाई करांते डो संघ रुपन्देहीको आयोजनामा तीन दिने जिल्ला स्तरीय करांते सेमिनार एवव् नारी आत्मसुरक्षा कार्यक्रम सम्पन्न भएको छ ।
तिलोत्तमा स्थित नमस्ते एकेडमीमा सम्पन्न भएको कार्यक्रमको समापनको अवसरमा बोल्दै लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तिमगरले खेल मानव स्वास्थ्यका लागि मात्र नभएर अनुशासित नागरिक उत्पादनका लागि समेत महत्वपुर्ण रहेको बताउनु भयो । अन्तराष्ट्रिय स्तरमा देशको पहिचान दिने खेल र खेलाडिको संरक्षणमा प्रदेश सरकार सचेत रहेको उहांको भनाई छ ।

संघका अध्यक्ष प्रेम बहादुर घर्तिमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्याक्रममा नमस्ते एकेडमीका निर्देशक महेन्द्र कडेंल, शैक्षिक निर्देशक मार्क बाथोलोमी, नेकपा एमालेका मिन प्रसाद पोख्रेल, नेपाली कांग्रेसका हरिलाल पाण्डे, माओवादीका लक्ष्मण खनाल, राष्ट्रिय जनमुक्तीका भोम बहादुर बुढामगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । सो अवसरमा नेपाल रेन्बुकाई करांते डो संघका केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक रेशम लामाले संघले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्राप्त गरेका उपलब्धीका विषयमा जानकारी दिनुभयो ।

संघका सचिव को संचालन, प्रशिक्षक मोहमद अलिको सहजीकरण तथा उपाध्यक्ष सुवास परियारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा सहभागी खेलाडिहरुले आफुले प्रशिक्षणमा सिकेका विभिन्न मार्सल आर्ट सम्बन्धी कलाहरु प्रस्तुत गरेका थिए ।
