Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बेलहियामा पर्यटकसँग पैसा असुल्ने प्रहरी र ट्राभल्स  कर्मचारी नियन्त्रणमा


  • लुम्बिनी चिन्तन
  • आश्विन ५, २०७८ मंगलवार
  • 934
    SHARES

बेलहियामा पर्यटकसँग पैसा असुल्ने प्रहरी र ट्राभल्स  कर्मचारी नियन्त्रणमा

भैरहवा ।  नेपाल प्रवेश गराउने भन्दै नेपाल भारतसिमा नाका बेलहियामा पर्यटकसँग अवैध रकम लिने २ जनालाई इलाका प्रहरी कार्यालय बेलहियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बुझाएको छ ।

पशुपतिनाथ दर्शनका लागि भारतबाट आएका पर्यटकसंग सिमा पार गराउने नाममा अवैध रकम लिएका आरोपमा बेलहिया स्थित रहेको गुजरात ट्राभलको कर्मचारी र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो । 

गुजरात ट्राभल्स मार्फत आईतबार भारतबाट काठमाण्डाैं पशुपतिनाथ दर्शनकालागी नेपाल आएका ८ जना पर्यटकको समूहलाई सिमा बन्द भएकोले ट्राभल्सका कर्मचारी सन्तोष गुप्ताले प्रहरीलाई घुस दिनु पर्छ भन्दै प्रति व्यक्ति ५ सय भारु माग गरेका थिए ।

सिमा सम्म आएर ५ सय भारुले दर्शन गर्नबाट बञ्चित हुनु भन्दा घुस दिएर नै जाने भन्दै पर्यटकहरुले ४ हजार भारु बुझाएर नेपाल प्रवेश गरेका थिए । 
पर्यटकहरु काठमाण्डौ पुगेपछि सोमबार मात्र घटना बाहिर आएको छ, पर्यटक पूर्व सभामुख चित्रलेखा यादवको आफन्त रहेको र उनीहरुले नेपाल आउदा पैसा दिएको सुनाएपछि घटना बाहिर आयो । यादवले घटनाबारे बुझ्न माथीबाट नै प्रहरीलाई जानकारी गराएपछि रुपन्देही प्रहरीले सोमबार अबेर राती गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता र ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लक्की चन्द्र लोहारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलहियामा प्रमुख प्रहरी निरिक्षक नविन पौडेलले दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाएको बताए । लोहारको ड्युटीको समयमा घटना भएको भन्दै संलग्नता छ की भन्ने आशंकामा प्रहरी जवानलाई पनि अन्ुसन्धानका लागि पठाएको उनले बताए । 

यत जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले अबैध असुली गरेको खबर आउना साथ गुप्ता र लोहार दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला ल्याइएको बताए,अनुसन्धान भइरहेको छ नियमानुसार कारवाही हुन्छ थापाले भने ।  

सर्वसाधरण र पर्यटकहरुबाट रकम लिएको गुनासो बेला बेलामा आउने गरे पनि यो घटनाले अवैध असुली भइरहेको भन्ने पुष्टि गर्छ ।
कोरोना भाइरसको जोखिम कायम भएकोले नेपाल भारतका सिमा कागजी रुपमा बन्द छ, मुख्य मुख्य सिमा सरकारले आयत निर्यातलाइ्र्र खोले पनि किनमेलका लागि अहिले स्थानीयहरु आवत जावत गरेका छन । 

प्रहरी र ट्राभल एजेन्टको मिलेमतोमा भारतीय पर्यटक र सर्वसाधारण बेलहिया मूख्य नाकाबाटै निर्वाध नेपाल भित्रिरहेका छन् । पर्यटकसित रकम लिएर नेपाल भित्रयाएको घटना बाहिर आएपछि अहिले प्रहरी र पर्यटन ब्यवसायी बिच खैलाबैला नै मच्चिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार