गुल्मी। गुल्मीको तम्घास बजार नजिकै पहिरोले घर पुरिदा घरमा सुतिरहेका एकै परिवारका तीन जनाको ज्यान गएको छ । पहिरोले रेसुगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले पुरेको छ ।
गए राति १ बजे घर माथिबाट आएको पहिरोमा परेर रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्काका तिलक परियारको घर पुरिँदा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरीहरु गंगा र जमुनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भटराईले जनाकारी दिए ।
राति निकै ठुलो पानी परेको थियो । पहिरोले पुरेको सूचना पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भटराईसहित नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए । हिलाे हटाएर शव निकालिएको छ । तिलक परियार, उहाँकी श्रीमती र एक छोरी सुरक्षित रहेको पनि जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।