Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आफु माथी आक्रमण गर्ने यूवालाई छाड्न मेयर सुवेदीको प्रशासनसँग आग्रह


  • लुम्बिनी चिन्तन
  • आश्विन ६, २०७८ बुधवार
  • 1.3K
    SHARES

आफु माथी आक्रमण गर्ने यूवालाई छाड्न मेयर सुवेदीको प्रशासनसँग आग्रह

भैरहवा । सोमबार बुटवलमा भएको मेयर माथीको आक्रमणमा संलग्न युवालाई छाड्न बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले आग्रह गरेका छन ।  आफूमाथि आक्रमण भएपछि पक्राउ परेका युवा गणेश पङ्गेनीलाई तत्काल छाड्नका लागि प्रमुख सुवेदीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुखलाई आग्रह गरेका हुन ।

सोमबार विहान बुटवल–३ ज्योतिनगरको पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने क्रममा पङ्गेनीले बुटवल उपमहानगरका प्रमुख सुवेदीमाथि एक्कासी आक्रमणको प्रयास भएको थियो । सुवेदीले आफ्नो कसैप्रति आग्रह–पूर्वाग्रह नभएको जनाउँदै विपद्मा परेका जनताहरुमा आउने आक्रोसलाई स्वाभाविक मानेकोले घटना घटेको बताउदै युवालाई छाड्न आग्रह गरेको बताए । उपमहानगरले बाढी, पहिरो तथा विपद्मा परेका नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनका लागि सक्दो पहल जारी राख्ने बताए । प्रमुख सुवेदीले आक्रमण गर्ने युवामाथि आफूले कुनै पनि मुद्दा मामिला नलगाउने प्रष्ट पार्दै हिरासमा नराख्न आग्रह गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले भने पक्राउ गरिएका व्यक्तिको बारेमा आवश्यक अनुसन्धान अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार