भैरहवा । बजाजको तिन पाङ्ग्रे अटो आर.इ बि.एस ६ भैरहवामा सार्बजनीक गरिएको छ ।
बजाज अटो लिमिटेडको अधिकृत विक्रेता एम.आर.बी इन्भेस्टमेटप्रा.लिले बिहिबार उक्त अटो सार्बजनीक गर्दै विक्रिी वितरण सुरु गरेका हुन ।
एम.आर.बी इन्भेस्टमेट प्रा.लिका प्रबन्ध निर्देशक चन्द्र भट्टराई र कम्पनीका अध्यक्ष गुरुप्रसाद क्षेत्रीले अटो सार्वजनिक गरेका हुन । नेपालमै पहिलो पल्ट बि एस इन्जिनमा फिउल इन्जिन प्रबिधिमा आएको छ जस्ले उच्चत्तम पावर र तान्ने शक्तिदिनुका साथै माइलेज पनि ज्यादा प्रदान गर्ने प्रा.लिका निर्देशक जीवन क्षेत्रीले जानकारी दिए ।
नया“ ड्यास बोर्डमा एफएम तथा एमपी ३ जडित गरिएको नया“ आर इ मा धेरै स्टाइलिश फिचरहरु प्रदान गरिएको छ । प्यासेन्जरहरुका सुरक्षाको लागि ढोका, पछाडि हेर्ने ठूलो साइड सिसा, ड्राइभरको आरामका लागि फुट रेस्ट, प्यासेन्जरहरुले बाहिर सजिलै हेर्न सकिने गरि डिजाइन गरिएको छ । साथै पछाडिको हुड ,धेरै हावा सेर्कुलेट हुने गरि डिजाइन गरिएको इन्जिन कभर , नया“ धेरै क्लियर हेड लाइट लगायतका नयाँ फिचर सहित अटो सार्वजनिक भएको छ ।

अटोको सुरुवाती मुल्य रु ५ लाख ६४ हजार ९ सय राखिएको छ । नया“आर.इ. ले ३० किलोमिटरप्रति लिटरको माइलेज प्रदानगर्ने र नया“ आर इ मा २३६ सि सि एफ आइ इन्जिन रहेको एम.आर.बीइन्भेस्टमेट प्रा.लिका प्रबन्ध निर्देशक भट्टराईले जानकारी दिए । कार्यक्रम विशाल बेलबासेको संञ्चालनमा सम्पन्न भएको थियो ।