Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्यूठानमा एकदिने आँखाको शल्यक्रिया शिविर


  • लुम्बिनी चिन्तन
  • आश्विन ६, २०७८ बुधवार
  • 508
    SHARES

प्यूठानमा एकदिने आँखाको शल्यक्रिया शिविर

भैरहवा ।  लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा प्यूठानमा एकदिने आँखाको शल्यक्रिया शिविर सम्पन्न भएको छ ।  प्रस्तावित नरेन्द्र गायत्री आँखा उपचार केन्द्र, प्युठानले आफ्नो आँखा उपचार केन्द्रमा आँखा बिरामीहरुलाई महिनाको एकदिन शिविर सञ्चालन गरेको हो ।

लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानका बाह््रय कार्यक्रम निर्देशक नेत्ररोग विशेषज्ञ सह।प्रा।डा। कबिन्द्र बज्राचार्यले शिविरमा आएका ३० जना बिरामीहरुको मोतियाबिन्दुको शल्यक्रिया गरिएको बताए ।

मोतियाबिन्दुका कारणले पूर्ण रुपमा दृष्टीबिहीन भएका दुईजना बिरामीहरुले शल्यक्रियापश्चात दृष्टी फर्किएकोमा आयोजक संस्था र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरलाई धन्यवाद दिनुभएको संस्थानका सूचना अधिकारी प्रतीक पाण्डेले जानकारी दिए । 

सेतो पुतलीबाट आँखामा लाग्ने शापुका बिरामी र अन्य केही बिरामीलाई थप उपचारको लागि लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालमा बोलाइएको अस्पतालका बाह्य कार्यक्रम निर्देशक सह।प्रा।डा।कबिन्द्र बज्राचार्यले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार