भैरहवा । उद्योग व्यापार संगठनले १४ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनको अवसरमा विविध कार्यक्रम गरेको छ ।
साधारणसभा तथा अधिवेशनको अवसरमा संगठनले सिद्धार्थनगर नगरपालिका–९ स्थित प्रभात चोकदेखि उदयपुर संगठनको भवनसम्म सरसफाई गरेको छ । त्यस्तै भवन परिसरमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम गरेको छ ।
भवन परिसरमा संगठन ७० वटा विरुवा शुक्रबार रोपेको छ । त्यस्तै शुक्रबार कार्यालय परिसरमा अायाेजित रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन गरेको संगठनका सह–कोषाध्यक्ष तथा रक्तदान कार्यक्रम संयोजक राम मिलन यादवले जानकारी दिए ।
असोज ९ गते शनिबार संगठनको १४ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशन सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित आफ्नै नवनिर्मित भवनमा हुने छ ।