भैरहवा । भैरहवा बहुमुखी क्याम्सले मास्टर अफ बिजनेस म्यानेजमेन्ट ( एम.वि.एम) कार्यक्रम संचालन गर्ने भएको छ । यसै शैक्षिक सत्रदेखि काठमाण्डाै बाहिर पहिलो पटक भैरहवा बहुमुखीमा एमबीएम सुरु भएको हो ।
शुक्रबार संकायको उद्घाटन गर्दै त्रिवि व्यवस्थापन शंकायका डीन प्रा.डा.डिल्लीराज शर्माले व्यवस्थापन शिक्षा विश्वमै उत्कृष्ट रहेकोे बताए । शर्माले त्रिविले २८ वटा शैक्षिक कार्यक्रम संचालन गरेको जनाउँदै सबै उत्कृष्ट र राम्रा भएको र बीबीएस बाहेक सबै कार्यक्रमहरु सेमेस्टर प्रणालीमा गइसकेको बताए ।
पहिलो पटक संचालन गरिन लागेको यस कार्यक्रममा ४० जना विद्यार्थी सहभागी हुन पाउने छन यो विषयको कार्यक्रम भैरहवा बहुमुखी क्याम्पसले संचालन गर्न पाएकोमा निकै खुशी लागेको कार्यक्रम संयोजक दिवाकर पाण्डेले बताए ।

लुम्बिनी प्रदेश औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा रहेकोले ती क्षेत्रमा काम लाग्ने दक्ष जनशतिm उत्पादनमा निकै महत्वपुर्ण रहने संयोजक पाण्डेले बताए । एमविएम कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि क्याम्पसले विभिन्न क्षेत्रका प्रतिनिधिहरुसंग छलफल गरिरहेको क्याम्पस प्रमुख अनिल कुमार झाले जानकारी दिए ।
कार्यक्रममा सहायक डिन दिनेशमणि घिमिरे,सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, पुर्व क्याम्पस प्रमुख कपिलदेव लामिछाने, नेपाल बैंकर्स एशोसियसन लुम्बिनी प्रदेशका संयोजक मेघनाथ पाण्डे,सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, प्राध्यापक संघ भैरहवा बहुमुखी क्याम्पसका सभापति बैकुण्ठराज कोईराला लगायतले शैक्षिक सुधारका लागि सबै क्षेत्र एकजुट भएर लाग्नु पर्ने, सुरु गरिएको नयाँ शैक्षिक कार्यक्रमलाई सफल बनाउन सबैले आ आफ्नो स्तरबात भूमिका खेल्नु पर्ने बताए । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भैरहवा बहुमुखी क्याम्पसले विभिन्न संकायमा कक्षाहरु संचालन गर्दै आईरहेको छ ।