Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १३, २०७७ बिहिवार
  • 1.2K
    SHARES

लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको बिहीबारको खेल लुम्बिनी खुकुरी क्लबले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन ए अन्तर्गतको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी)लाई २ विकेटले पराजित गर्दै लुम्बिनी खुकुरीले खेल जितेको हो । 
टस जितेर सुरुवाती ब्याटिङ रोजेको एमसीसी मले निर्धारित ३९ ओभरको खेलमा ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउदै १३५ रन बनाएको थियो । जसका लागि मौयन खानले सार्वधिक नटआउट ३० रन, विजय प्रजापतिले २२ र मोहम्मद हुसेनले १४ रन बनाए । बलिङ तर्फ खुकुरीका अजय लोनियाले ३, शंकर राना र लाल बहादुर अधिकारीले २–२ , शहाब आलम र दुर्गेश गुप्ताले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा १३६ रनको लक्ष्य पाएको लुम्बिनी खुकुरीले ३७ ओभरमा ८ विकेट गुमाउदै  लक्ष्य पार ग¥योे । १३८ रन बनाएको खुकरीका लागि सन्दिप रजालीले सार्वधिक ४० रन , अन्तिम थापाले नटआउट ३३, शंकर राना र शहजाद आलमले १०–१० रनको योग्दान गरे । बलिङ तर्फ एमसीसीका सन्तोस यादवले ३, रोशन लाल गुप्ताले २, मोहम्मद हुसेन, शिवकुमार मौर्य र रमेश कुर्मीले समान १÷१ विकेट लिए ।

legue cricket.jpg
बिहीबारको खेलमा खुकुरीका अन्तिम थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए । फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र डिभिजन बी बाट ए मा आएका ४ टिम गरी १२ टीम बीच प्रतिस्पर्धा भइरहेको छ । शुक्रबार डिभिजन ‘ए’ का बुटवल राइनोज र बुटवल–११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए ।
प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । 


  • सम्बन्धित विषय:

  • # रूपन्देही सुपर लिग क्रिकेट

  • लुम्बिनी चिन्तन

    थप समाचार