Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भगवानको अगाडि फोहोर, चारदिनदेखि उठेन सिद्धार्थनगरका फोहोर 


  • लुम्बिनी चिन्तन
  • आश्विन ८, २०७८ शुक्रवार
  • 1.6K
    SHARES

भगवानको अगाडि फोहोर, चारदिनदेखि उठेन सिद्धार्थनगरका फोहोर 

भैरहवा ।  भैरहवाको मुख्य बजारमा सोमबार देखि फोहोर थुप्रिदै गएको छ । नगरका मुख्य भाग बैकरोड, नारयण स्थान, मैत्री पथ, प्रहरी टोल लगायतका दर्जनौ स्थानमा फोहोरका डंगुर छन । नगरपािलकाले दैनिक रुपमा फोहोर संकलन गरेर डण्डा खोला नजिकै फाल्दै आएको फोहोर स्थानीयले रोके पछि भैरहवाका सडकमा फोहोरहरु बढ्दै गएको छ । प्रत्येक दिन सडकमा फालिदै गएको फोहोरको परिमाण बढ्दै गएको छ । सिद्धार्थनगरको नारायण स्थानमा भने भगवानकै अगाडि फोहोर थुपारिएको छ । 

collage (3).jpg

विगत चार दिन देखि भैरहवाको फोहोर उठ्न सकेको छैन । सिद्धार्थनगर नगरपलिकाले फोहोर फाल्दै गरेको डण्डा नदी किनार स्थित मेउिडिहवा, पक्लिहवा क्षेत्रका स्थानीयले फोहर फाल्न नदिएपछि नगर क्षेत्र भित्रको फोहोर उठ्न नसकेको हो । सिद्धार्थनगरपालिकाले डण्डा नदी किनारमा फोहोर फाल्दै आएको थियो । अव्यवस्थित रुपमा फोहोर फाल्दै गएपछि उक्त क्षेत्र दुर्गन्धित हुदै गएको छ । स्थानीयले गत वर्ष फोहोर फाल्न अवरोध जनाएपछि सिद्धार्थनगर नगरपालिकाले दीर्घकालिन समाधान सहित फोहोरको उचित व्यवस्थापन गर्न पहल गर्ने भनेर सम्झौता गरेको थियो ।

निरन्तर फोहोर फाल्नु बाहेक सरोकारवाला निकायले डम्पिङ क्षेत्रको व्यवस्थापनमा कुनै चासो नदिएकोले बाध्य भएर विरोध गर्नु परेको स्वर्गद्वारी घाट उपभोक्ता समितिका अध्यक्ष राजा प्रताप शाहीले बताउनु भयो ।  २०३५ सालमा व्रिटीस सेनाको स्थानानन्तरण भएपछि सो क्षेत्रमा फोहोर फालिदै आएको छ । भैरहवा नगरबाट दैनिक करिब ३० टन फोहोर संकलन भई नदी किनारमा फालिदा एका तर्फ नदीको जैविकता पनि गुम्दै गएको भने स्थानियको स्वास्थ्यमा पनि समस्या पारेको छ ।

collage (1).jpg

डम्पिङ साइड जसरी पनि यहाँबाट हटाउनु पर्ने स्थानीय दिपु शाहीले बताउनु भयो । उनले जनसंख्याको आधारमा पनि यो ठाँउ अपुग भएको र यसले धेरै नै प्रदुषण फैलाएकोले दीर्घकालिन समाधान गर्नु पर्ने उहाले बताउनु भयो ।  फोहोर उठ्न नसकेपछि भैरहवा शहर भित्र चोक चोकमा फोहोरको डङगुर छ, विधुतीय पोल, सडक छेउ फोहोरले दुर्गन्धित बनेको छ । संकलित फोहोर पनि घस्थानियले फाल्न अवरोध गरेपछि टयाक्टरमै राखिएको छ ।

सिद्धार्थनगर नगरपालिकाका फोहोर वातावरण तथा सरसफाई शाखा प्रमुख केशव प्रसाद पौडेलले बुधबारबाट नगरको फोहोर फाल्न नसकेको बताउनु भयो । स्थानीयले फोहोरको गाडी जान अवरोध गरेकोले फोहोर फाल्न सकेका छैनौ, स्थानीयले व्यवस्थितगर्ने कुरा राखेका छन त्यसको लागि नगरपालिकाले पहल गरिरहेको उहाले बताउनु भयो । 

collage (2).jpg

नदीसँगै रहेको कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी, सिमा सुरक्षा कार्यालयका शसस्त्र प्रहरी, केही दुरीमै रहेको मेडिकल कलेज र नदी वरपरका बासिन्दालाई फोहोरले आजित बनाएको छ । नेपालमा मात्र नभई यस्को असर भारतीय सीमा नजिकै रहेका बस्तीमा पनि पुग्ने गरेको छ ।
स्थानीय सरकार आए संगै बाटोघाटो तथा विकास निर्माणका कार्यमा जोड दिए पनि सिद्धार्थनगर नगरपालिकामा उचित फोहर व्यवस्थानको विकल्प खोज्न नसक्दा डण्डा खोला किनारमै फोहर फाल्नु पर्ने बाध्यता  छ ।  


लुम्बिनी चिन्तन

थप समाचार