Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगरमा अपांगता परिचय पत्र वितरण 


  • लुम्बिनी चिन्तन
  • आश्विन ९, २०७८ शनिवार
  • 960
    SHARES

सिद्धार्थनगरमा अपांगता परिचय पत्र वितरण 

भैरहवा । सिद्धार्थनगर नगरपालिकामा अपागंता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको छ । नगरपालिका अन्तर्गत क वर्गका रातो कार्ड पाउने ३ जना,ख वर्गका निलो कार्ड पाउने १५ जना ,ग वर्गका पहेंलो कार्ड पाउने ४ जना गरी जम्मा २२ जनालाई परिचय पत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

सिद्धार्थनगर नगरपालिका उपप्रमुख तथा अपांगता परिचय पत्र वितरण समितिका संयोजक उमा काफ्लेको अध्यक्षतामा बसेको बैठकले परिचय पत्र वितरण गरेको हो ।    बैठकमा समिति सदस्य शुभम शर्मा,अमृता गुरुगं,तुलसीराम ओली,सदस्य सचिव कौशिल्या चौधरी,वरिष्ठ अधिकृत विवेक खनाल लगायतको उपस्थिति रहेको थियो । 

सिद्धार्थनगर नगरपालिकाको अपागंता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५ अनुसार १० प्रकारको अपांगता प्रकृति मा गाम्भिर्यताको आधारमा ४ प्रकारका कार्ड वितरण हुदै आएका छन । जसमा पुर्ण अशक्तता अपांगता,अति अशक्त अपांगता ,मध्यम अपांगता र सामान्य अपांगता गरी चार किसिमका रहेका छन । 


  • सम्बन्धित विषय:

  • # सिद्धार्थनगर नगरपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार