भैरहवा । जिल्ला प्रहरी कार्यालयले रुपन्देहीले तस्करको गोदाममा छापा मारी अबैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय धकधईको संयुक्त टोलीले रोहिणी गाउँपालिका वडा नम्बर २ को खुरहरियामा रहेको अस्थायी गोदामबाट २५ लाख मूल्य बराबरको विभिन्न अबैध सामाग्री बरामद गरेको हो ।
पछिल्लो समय अवैध सामानहरु पक्राउ हुने क्रम बढेसँगै तस्करीको क्रम रोकिएको छैन । रुपन्देहीको ग्रमिण क्षेत्रबाट छिटफुट रुपमा दैनिक अवैध सामान बरामद हुदै आएको छ । शुक्रबार राती १० बजे खुरहुरियामा रहेको खाली घरको अस्थायी गोदामबाट विगत एक वर्षकै सबै भन्दा बढि परिमाणमा अबैध सामान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए ।
बरामद समानमा १ हजार ६ सय ४८ वटा कुर्ती टप्स, ६ सय ९५ वटा उलन शर्ट, ४ सय ५३ वटा जेन्स सुट, २ सय २५ पिस प्रिन्टर मसी, चप्पल, टिशर्ट, ८ बण्डल कपडा, जुत्ता, सुट र ट्रयाक रहेकोे थापाले बताए । समान बरामद भएको गोदामको बारेमा अनुसन्धान भइ रहेको छ । नजिकिदै गरेको चाँडलाई लक्षित गरेर भारतबाट अवैध रुपमा नेपाल भण्डारण गरि यसलाई नेपालकै बिभिन्न शहरहरुमा पु¥याईने योजना रहेको प्रहरीको अकालन छ ।