Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मुस्लिम मुक्ति मोर्चाद्वारा २ सय १४ हाजी र मौलानालाई सम्मान


  • लुम्बिनी चिन्तन
  • आश्विन ९, २०७८ शनिवार
  • 1.1K
    SHARES

मुस्लिम मुक्ति मोर्चाद्वारा २ सय १४ हाजी र मौलानालाई सम्मान

भैरहवा । मुस्लिम मुक्ति मोर्चा नेपाल सिद्धार्थनगरले मौलाना र हाजीहरुलाई सम्मान गरेको छ । 

नेपाल कम्युिष्ट पार्टी माओवादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चा नेपालको सिद्धार्थनगर नगरसम्मेलनमा २०० जना हाजी र हज्जिन तथा सिद्धार्थनगरभरी अध्ययन गराउने १४ जना मौलाना गरी २१४ जनालाई प्रमाणपात्र सहित सम्मान गरिएको हाे।

मुस्लिम समुदायको सम्मान र आधिकारबारे नेकपा माओवादी केन्द्रको आधिकारिक धारणा सहितसंसारका सम्पूर्ण उत्पिडित मुस्लिमहरु एक जुट होऔ भन्ने नाराका साथ नेकपा माओवादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाले उक्त कार्यक्रमको आयोजना गरिएको पार्टीका जिल्ला समन्वय समितिका सदस्य फैजअहमद खानले बताउनु भयो । 

collage (6).jpg

सम्मेलनले गणतन्त्रको समयमा पनि विदा हुदै आएको मुस्लिम समुदायको पर्वको विदा कटौती गरी राजतन्त्र लादेको आरोप लगाए, त्यस्तै इदगाह, मस्जिद, मदरसा, करबला लगायतका जग्गाको अतिक्रमण हुने क्रम बढेकोले यसको आवाज सबैले उठाउनु पर्ने, र मुस्लिम समुदायको हक अधिकारबाट बञ्चित गराउने क्रियाकलाप बन्द गर्न अगुवाहरुले माग गरेका छन । 

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्य, लुम्बिनी प्रदेश ईन्चार्ज तथा पूर्व कृषिमन्त्री चक्रपाणि खनाल बलदेवले मुस्लिम समुदायले राजनीतिक परिवर्तनमा अहम् भूमिका निर्वाह गर्दै आफ्नो पहुँच स्थापित गरेको कुरा भुल्ल नसकिने बताउनु भयाे । आफ्नो पार्टीले मुस्लिम समुदायलाई आन्तरिक कमिटीमा ५ प्रतिशत स्थान दिने निर्णय गरेको हुँदा मुस्लिम समुदायको माओवादी केन्द्रमा राजनीतिक भविष्य ग्यारेन्टी भएकोले अझबढी सङ्गठित भई लाग्न आग्रह गर्नुभयो ।

collage (10).jpg

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि तथा लुम्बिनी प्रदेशका सहईन्चार्ज हकीकुल्लाह खानले माओवादी केन्द्रले मुस्लिम समुदायको हकाधिकारको लागि आवाज बुलन्द गर्दै आइरहेकोले मुस्लिम समुदाय खुलेर बोल्नसक्ने भएकाे कुरा उल्लेख गर्नुभयो । पहिलाको तुलनामा मुस्लिमहरु पनि संगठित हुदै गएकोले सुरक्षाको ग्यारेण्टी सहित संरक्षण र सम्बद्र्धनमा सबै एकजुट भएर लाग्न उनीहरुले आग्रह गरेका छन । 

पार्टीका रुपन्देही ईन्चार्ज रामप्रसाद बञ्जाडेले सबै जाती र वर्गको उत्थान गर्ने पार्टी माओवादी केन्द्र भएको हुँदा यतिबेला फेरी माओवादी केन्द्र रोज्ने लहर देखा परेको अवस्थाको चित्रण गर्नु भयो । अतिथि राष्ट्रीय मुस्लिम आयोग नेपालका संस्थापक अध्यक्ष निर्दोष अलीले मुस्लिम समुदायको पहिचान नै माओवादी केन्द्र भएकोले मुस्लिम समुदायको माया माओवादी केन्द्रमा नै रहेको विचार राख्नुभयो । मुस्लिम मुक्ति मोर्चा नेपालका केन्द्रिय सदस्य फैज अहमद खानको अध्यक्षतामा भएकाे कार्यक्रममा नेताहरु मक्सुद अली, पार्टीका जिल्ला समन्वय सचिवालय सदस्य तिर बहादुर रोक्का डार्बिन, नगरका नेता नारायण हमाल, रुपन्देही वाईसिएल संयोजक केशव कुँवर निर्दोष अलि, रियाज अहमद लगायतले बोल्नु भएको थियो । कार्यक्रममा मौलानाकारी मोहमद वैसरजाले कुरानकाे पाठ गरी उद्घाटन गरेका थिए भने स्वागत मन्तव्य हाजि मोइनुलहक खान र संचालन मेराज खानले गरेका थिए । म्मेलनले  ५१ सदस्यीय तदर्थ समिति गठन गरेको छ।


लुम्बिनी चिन्तन

थप समाचार