Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरद्वारा शैक्षिक सामाग्री वितरण


  • लुम्बिनी चिन्तन
  • आश्विन ९, २०७८ शनिवार
  • 1.5K
    SHARES

लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरद्वारा शैक्षिक सामाग्री वितरण

भैरहवा ।  लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले शैक्षिक सामाग्री वितरण गरेको छ । 

क्लबले शनिबार भैरहवा स्थित सिद्धार्थ बाल गृहमा किताब कापी र जुत्ता वितरण गरेको हो । बालगृहमा शैक्षिक सामाग्री र तत्काल जुत्ताको अभाव छ भनि क्लबमा जानकारी आउनासाथ क्लबले अन द स्पट उक्त सामाग्रीहरु संकलन गरी करिब ५० हजार बराबरको समाग्री उपलब्ध गराएको क्लबका अध्यक्ष शार्दुल मयु कसौधनले जानकारी दिए । 

समाजसेवी  नारयण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजन अर्पित अग्रवालले गरेका थिए । 

बालगृहकी संचालक विष्णु माया गुरुङलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । क्लबका सचिव संजोगराज तिवारीको संचालनमा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक अर्पित अग्रवालले गरेका थिए ।

क्लबका प्रथम उपाध्यक्ष सुनिल सेञ्चुरीले ध्वाजा अभिवादन गरेको कार्यक्रममा जोन चेयर पर्सन अभिनव मयु कसौधन, लायन्स क्लब अफ लेडी युथकी अध्यक्ष तनु कसौधन, विनय कसौधनm लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष दीपेश पछाई , सरोज ठकुरी, कमल परियार लगायतको उपस्थ्तिी रहेको थियो ।  

 


लुम्बिनी चिन्तन

थप समाचार