Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जेसिआई सिद्धार्थ लेडी नेपालकाे जेसिज सप्ताह २०२१ सुरु

क्यान्सर विरामीलाई नगद सहयोग गर्दै उद्घाटन


  • लुम्बिनी चिन्तन
  • आश्विन १०, २०७८ आइतवार
  • 1.5K
    SHARES

जेसिआई सिद्धार्थ लेडी नेपालकाे जेसिज सप्ताह २०२१ सुरु

भैरहवा । जेसिआई सिद्धार्थ लेडी नेपालले रजत जयन्तीको अवसरमा जेसिज सप्ताह आइतबारबाट सुरु गरेको छ । क्यान्सर राेगकाे उपचाररत विरामीलाई नगद सहयाेग हस्तान्तरण गर्दै सप्ताह व्यापी कार्यक्रमको उद्घाटन गरिएको हो ।

सप्ताह अन्तर्गतको पहिलो कार्यक्रममा संस्थाले बैदेशिक रोजगारको सम्भावना र चुनौतीहरु विषयमा जनचेतना कार्यक्रम गरिएकोे जेसीआई सिद्धार्थ लेडी नेपालकी अध्यक्ष रिमा न्यौपानेले बताउनु भयो ।

कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव शारदा बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको सफर माइग्रेसन परियोजनाको यस क्षेत्रको संयोजक सिता पन्त भण्डारी र पौरखी रुपन्देहीकी अध्यक्ष भगवती खनाललले बैदेशिक रोजगारको सम्भावना र चुनौती विषयमा प्रशिक्षण गर्नु भएको थियो ।

जेसीजले व्यक्तित्व, समाजका लागी असल नेतृत्व विकासमा महत्पूर्ण योगदान पु¥याउदै आएको,  समाजमा सकारात्मक परिवर्तनको लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको उनीहरुले बताए । वैदेशिक रोजगारमा गएकाहरुको न्यायमा पहुच, उद्वार, परामर्श र व्यक्तिगत परामर्श दिने काम सूचना पाउना साथ सरकारको तर्फबाट हुदै आएको, बैदेशिक रोजगारमा सम्भावनासँगै अवसर र चुनौतीहरु पनि धेरै रहेको, महिला मात्र होइन पुरुष पनि ठगिने र बेचिने गरेको उनीहरुले बताउनु भयो । 

कार्यक्रममा सिद्धार्थनगर ८ अन्न्पूर्ण टोल बस्दै आएकी मन्जु रानालाई १५ हजार सहयोग गरिएको छ । पाठेघर क्यान्सरकी विरामी पुनको आर्थिक अवस्था कमजोर भएको र  उपचारमा केही भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले कार्यक्रमको अवसरमा सहयोग गरिएको कार्यक्रम संयोजक संगिता आचार्यले बताउनु भयो । 

सामाजिक क्षेत्रमा अग्रसर संस्थाले संयुक्त रुपमा मनाउदै आएको जेसिज सप्ताह कोभिडका कारण विगत २ वर्ष रोकिएपनि यस वर्ष रजत जयन्तीको अवसरमा एकल रुपमा मनाउदै छ । 

सन १९९६ सालमा स्थापित सस्थाले सप्ताहलाई निरन्तरता दिदै आएको छ । सप्ताह व्यापी कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, सिपमुलक कार्यक्रम तथा नेतृत्व विकास लगायतका कार्यक्रम गरिने जेसिज सप्ताहक निर्देशक ललिता बछार चौधरीले बताउनु भयो । कार्यक्रममा जेसिआई सिद्धार्थ, नेपाल बर्षका अध्यक्ष गोपाल ज्ञवाली, ब्रहमकुमारी भैरहवाकी प्रमुख शान्ति सुवेदी, मनार्थ सदस्य दीपक क्षेत्री न्याैपाने,नेपाल जेसिसकाे कार्यकारी उपाध्यक्ष भाेजराज चापागाइ, पूर्व अध्यक्ष, सल्लाहकार ,मानार्थ सदस्य ,बोर्डका  पदाधिकारी, साधारण सदस्य ,पर्यवेक्षक सदस्य, लगायतकाे सहभागीता रहेको थियो। 


लुम्बिनी चिन्तन

थप समाचार