Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बाल अवस्थामा हुने क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम


  • लुम्बिनी चिन्तन
  • आश्विन १०, २०७८ आइतवार
  • 1.2K
    SHARES

बाल अवस्थामा हुने क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम

भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले बाल अवस्थामा हुने क्यानसर सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । 
चेतनाको कमीले पनि मानिसमा क्यान्सर बढिरहेको भन्दै क्यान्सर समबन्धी जानकारी, रोकथाम तथा न्यूनीकरणक गर्ने उद्देश्यलेसचेतना कार्यक्रम गरिएको क्लबकी अध्यक्ष तनु शर्मा कसौधनले बताउनु भयो । 

व्यक्तिगत जीवनशैलि नै क्यान्सर रोग संग जोडिएकोले, क्यान्सर के हो । कसरी लाग्छ । यो बाट बच्न के गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई सचेत गराइएको हो । कार्यक्रममा नेपाल क्यानसर सर्पोट समूह काठमाण्डौका उपाध्यक्ष दिलीप भट्टराई, विर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर सौगात पौडेल र बाल रोग विशेषज्ञ प्रध्यापक डाक्टर राजु काफ्लेले प्रशिक्षण गरेका थिए, वक्ताहरुले क्यान्सरको लक्षण, बच्चाहरुमा पर्ने प्रभाव र क्यान्सरको उपचार लगायतका विषयमा अवगत गराएकाे कार्यक्रम संयोजक मुना गुरुङले बताउनु भयो ।  

क्लबकी द्वितिय उपाध्यक्ष निपा क्षेत्रीको संचालन, कार्यक्रम संयोजक मुना गुरुङको स्वागत , मनिषा थापाको ध्वजा अभिवादनमा भएको कार्यक्रममा लायन्स ३२५ बी टु का द्वितिय गर्भनर नवराज न्यौपाने, एक्जुकेटिभ चिफ लायन महेश थापा, एमजेएफ धर्मराज श्रेष्ठ, विजय पाण्डे, लक्ष्मी पाठक ब्रहमकुमारी भैरहवाकी प्रमुख शान्ति सुवेदी, ओम कुमार श्रेष्ठ, रचना घिमिरे, डा. श्रेया पौडेल, डा. स्मृति कसौधन, अभिनव मयुर कसाैधन लगायतको उपस्थिती रहेको थियो ।

मुलुकभर बढ्दै गइरहेको क्यानसर रोकथामका लागि अव्यवस्थित जीवन शैली नै प्रमुख कारक रहेको  छ । विश्वभरमा सबैभन्दा बढि मान्छेलाई फोक्सोको क्यानसर हुने गरेको छ  भने महिलाहरुमा स्तन क्यानसरको समस्या बढि देखिने गरेको छ । क्यान्सर रोग निको हुन्छ। यस्को उपचार खर्चिलो भएपनि सम्भव छ । 


लुम्बिनी चिन्तन

थप समाचार