Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कोरोनाका कारण  पर्यटन क्षेत्र अझै अन्योलमा, आन्तरिक पर्यटक लक्षित  लुम्बिनी भ्रमण सस्तो प्याकेज सार्वजनिक


  • सम्झना शर्मा
  • आश्विन ११, २०७८ सोमवार
  • 2.0K
    SHARES

कोरोनाका कारण  पर्यटन क्षेत्र अझै अन्योलमा, आन्तरिक पर्यटक लक्षित  लुम्बिनी भ्रमण सस्तो प्याकेज सार्वजनिक

भैरहवा । कोरोनाका कारण शिथिल बनेको लुम्बिनीको पर्यटन पुर्नउत्थानका लागि आन्तरिक पर्यटकलाई प्राथमिकता दिनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

४२ औं विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी विकास कोषले आयोजना गरिएको कोरोना पछि अन्य क्षेत्र विस्तारै चलायमान हुन थालेपनि पर्यटक निर्भर पर्यटन क्षेत्र भने अझै अन्यौलपुर्ण रहेको भन्दै सबै पक्षले चासो दिनुपर्ने बताएका हुन ।  

कोषले सोमबार निकै सिमित व्यक्तिहरुका बीचमा भारतीय पत्रकारलाई लुम्बिनीमा स्वागत गरी अवलोकन गराएर लुम्बिनी खुल्ला गरिएको सन्देश दिन खोजेको लुम्बिनी विकास कोषका उपाध्यक्ष मैत्तिय भिक्षु अवदेश त्रिपाठीले बताए ।

लुम्बिनीको पर्यटनको आधार भारतीय पर्यटक रहेकोले अब लुम्बिनी खुलिसकेको छ भन्ने सन्देश दिनका लागि भारतीय मिडीयाकर्मीलाई बोलाईएको कोषका उपाध्यक्ष त्रिपाठीको भनाईछ ।

कार्यक्रममा कोषका सुचना अधिकृत हरिध्वज राईले कोरोनाका कारण लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको संख्या शुन्य रहेकोले आन्तरिक तथा भारतीय पर्यटकलाई लुम्बिनी भ्रमणमा प्रोत्साहन गर्नका लागि मिडियालाई प्राथमिकता दिएको बताए ।

लुम्बिनी अब खुल्ला भईसकेको छ, स्वास्थ्य सुरक्षा अपनाएर लुम्बिनीको भ्रमण गर्न हामी अनुरोध गर्दछौं राईले भने । कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, लुम्बिनी होटल संघका महासचिव लिलामणि शर्मा लगायतले आफ्ना भनाई राख्दै लुम्बिनीको विकासमा सरकारले ध्यान दिनु पर्ने बताए । लुम्बिनी आएका भारतीय मिडिया जी न्युजका संवाददाता अमित त्रिपाठीले लुम्बिनीको धार्मिक पर्यटनमा भारतीय नागरिकको ठुलो महत्व रहेको त्रताए ।

लुम्बिनीको प्रचार प्रसारमा सबैको ध्यान जरुरी रहेको उनीहरुको भनाई छ । कोरोना कहर सुरु भएयता लुम्बिनीमा बाह्य पर्यटकको आगमन न्युन छ, भारतीय पर्यटक समेत आउन सकेका छैनन् । कोरोना अघि वार्षिक १६ लाखको हाराहारीमा पर्यटक भित्रिने गरेपनि कोरोना महामारी पछि लुम्बिनी सुनसान बनेको छ ।

लुम्बिनीका गतिविधिमा स्थानीयको सहभागिता रहनुपर्ने विभिन्न कार्यक्रममा आवाज उठ्ने गरेपनि व्यवहारत लागु भएको पाईदैन् । सोमबार लुम्बिनीमा ४२ औं विश्व पर्यटनको अवसरमा कार्यक्रम गरिरहदा न त स्थानीयहरु देखिए न त स्थानीय सरकारको नै उपस्थिति रह्यो । वास्तवमा यहां दुईवटा लुम्बिनी छन् पर्खाल भित्र र पर्खाल बाहिर आखिर किन ? लुम्बिनीको विकासमा स्थानीय सरकारले चासो राख्नु पर्ने लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताले बताए । 

संघद्धारा सस्तो प्याकेज सार्वजनिक

लुम्बिनीको पर्यटन पुर्नउत्थानका लागि यहांका पर्यटन व्यवसायीहरुले सस्तो प्याकेज सार्वजनिक गरेका छन् । कोरोनाका कारण अन्तराष्ट्रिय उडान बन्द हुंदा करीब १८ महिना अघिदेखि विदेशी पर्यटकको आगमन लुमिबनीमा शुन्य जस्तै छ । धार्मिक पर्यटकको रुपमा भारतबाट आउने पर्यटक समेत नाका बन्दका कारण आउन नसकिरहेको अवस्थामा व्यवसायीहरुले आन्तरिक पर्यटकलाई लक्षित गरी सस्तो प्याकेज घोषणा गरिएको लुम्बिनी होटल संघका महासचिव लिलामणि शर्माले बताए । शर्माका अनुसार लुम्बिनी होटलसंघले सामबार विश्व पर्यटन दिवसको अवसर पारेर एक रात दुई दिनको भ्रमण प्याकेज घोषणा गरिएको हो । संघले यही असोजको १५ गतेदेखि लागुहुने गरि २ हजार १ सय ९९ रुपैयांमा लुम्बिनीको गाईडेड प्याकेज टुर कार्यक्रम घोषणा गरेको हो । जसलाई संघले अपत्याारलो मुल्यमा पत्यारिलो लुम्बिनी भ्रमणको दावी गरेको छ ।

प्याकेजको पहिलो दिन पर्यटकलाई बिसपार्कबाट पिकअप गरि होटलमा स्वागत गरिने छ । सोहीदिन  लुम्बिनीबारे जानकारी दिई केहीवेरको विश्रामपछि सांझ लुम्बिनी तथा बुद्वग्राम रोबोटिक थिएटर भ्रमण गराई रात्रीभोजन गराई विश्रााम दिईनेछ ।

दोस्रो दिन बिहानको खाजादेखि मायादेवी मन्दिर र गुम्बा भ्रमण, अन्तर्राष्ट्रिय विहार क्षेत्र भ्रमण, दिउंसोको खाना, विश्राम र बिदाइ रहेका छन् । संघका अध्यक्ष मिथुन श्रेष्ठका अनुसार उक्त प्याकेजमा दुई बेड भएको कोठा, साँझको खाना, बिहान ब्रेकफाष्ट, धुप वत्ती, गाइड, बुद्वग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट र अन्तर्राष्ट्रिय बिहार क्षेत्र भ्रमणका लागि यातायात व्यवस्था छन् ।

जसले गर्दा लुमिबनी भ्रमणको अवसर नपाएका आन्तरिक पर्यटकलाई अवसर बन्ने र शिथिल बनेको लुम्बिनीको पर्यटन क्षेत्रपनि केही चलायमान बन्ने व्यवसायीको अपेक्षा रहेको संघका सचिव तथा बुद्धग्राम रोबटिक थिएटरका संचालक पुरुषेत्तम अर्यालले बताए । संघले लुम्बिनीका विभिन्न पर्यटन व्यवसायी संघसंस्था र सरोकारवाला निकायसंगको सहकार्यमा उतm सस्तो प्याकेज निर्धारण गरिएको लुमिबनीका पर्यटन व्यवसायी गोविन्द ज्ञवालीले बताए । उनले ‘यसले लुम्बिनीमा पाहुना आकर्षित गर्ने विश्वास छ’ । कोरोनाका कारण सबैभन्दा बढी लुम्बिनीका होटल व्यवसायी मर्कामा परेको चेम्बर्स अफ कर्मश लुम्बिनीका अध्यक्ष कृष्ण बहादुर गुरुङ्गले बताए । उनले भने अब कोरोन केही कम भएको अबस्थामा हामी व्यवसायी,संघसंस्था, कोष सबै मिलेर यसको प्रवद्धनका लागि पहल गनेछौं ।


सम्झना शर्मा

थप समाचार