Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

खै हाम्रो सभ्यता, के शहर सफा राख्ने नागरिकको दायित्व होईन् ?


  • लुम्बिनी चिन्तन
  • आश्विन १२, २०७८ मंगलवार
  • 880
    SHARES

खै हाम्रो सभ्यता, के शहर सफा राख्ने नागरिकको दायित्व होईन् ?

भैरहवा । सिद्धार्थनगर नगरपालिकाले नगरको सडक क्षेत्रमा फालिएको फोहोर सोमबार बोरामा प्याक गरेर यथास्थानमा राखेको छ । दुर्गन्धित नहोस् र छाडा चौपायाले फोहोरलाई नफिजाउन भनेर नगरपालिकाको फोहोर वातावरण तथा सरसफाई शाखाले फोहोरलाई केही हद सम्म व्यवस्थित गर्न खोजेको हो । नगरको फोहोर २०३५ सालदेखि डण्डा नदी किनारमा फालिदै आएकोमा स्थानीयले फाल्न अवरोध गरेपछि एक साता देखि यस क्षेत्रको फोहोर उठ्न सकेको छैन ।

collage (19).jpg

नगरका मुख्य भाग बैकरोड, नारायण स्थान, मैत्री पथ, विद्रोही चोक, प्रहरी टोल लगायतका दर्जनौ स्थानमा फोहोरका डंगुरलाई सोमबार नगरपालिकाले बोरामा व्यवस्थापन गरेपनि पुनः सोही ठाउंमा नगरवासीले फोहोर फालेर दुर्गन्धित बनाएका छन । नगरपालिकाले तत्कालका लागि दुर्गान्धलाई रोक्ने प्रयास गरेपनि नगरवासीको असभ्य कामले जस्ताको बजार तस्तै बनाएको छ । सोमबार सांझ सम्म नगरका सबै फोहोर बोरामा प्याक भए पनि रातभरीमा स्थानीयले पुनः सोही ठाउंमा फोहोर फालेर असभ्यको परिचय दिएका छन । फोहोर नउठेको सबैलाई थाहा हुदां हुदै पनि यस्तो गतिविधिले नगरमा आउने आगन्तुकलाई गलत सन्देश प्रवाह हुनेछ ।

collage (20).jpg

नगरपालिकाले स्थानीयसंग छलफल गरे पनि निष्कर्श निस्कन सकेको छैन, नगरपालिकाको प्रयास जारी भए पनि स्थानीयको माग सम्बोधन गर्ने गरी ठोस नीति नगरपालिकाले लिन नसकेपछि वैठक तथा छलफल निष्कर्श विहीन बनेको छ ।

collage (18).jpg

सिद्धार्थनगर नगरपलिकाले फोहोर फाल्दै गरेको डण्डा नदी किनार स्थित मेउिडिहवा, पक्लिहवा क्षेत्रका स्थानीयले फोहर फाल्न नदिएपछि फोहोर उठ्नमा समस्या आएको छ । अव्यवस्थित रुपमा फोहोर फाल्दै गएपछि उक्त क्षेत्र दुर्गन्धित हुदै गएका कारण निरन्तर फोहोर फाल्नु बाहेक सरोकारवाला निकायले डम्पिङ क्षेत्रको व्यवस्थापनमा कुनै चासो नदिएकोले बाध्य भएर स्थानीय विरोधमा उत्रिएका हुन । नदीसंगै रहेको कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी, सिमा सुरक्षा कार्यालयका शसस्त्र प्रहरी, केही दुरीमै रहेको मेडिकल कलेज र नदी वरपरका बासिन्दालाई फोहोरले आजित बनाएको छ । 

 


लुम्बिनी चिन्तन

थप समाचार